सुनसरीको बर्जुमा १३ बर्षीय बालिकालाई जबर्जस्ती करणी गरेको आरोपमा ३ जना पक्राउ
सुनसरी । सुनसरीको बर्जु गाउँपालिकामा १३ बर्षीय बालिकालाइ जबर्जस्ती करणी गरेको गरेको आरोपमा ३ जना पक्राउ परेका छन् ।
असोज १६ गते सुनसरीको बर्जु गाउँपालिका ६ स्थित रहेको चन्दामोहन बाधमा १३ बर्षीय बालिका बर्जु १ मा लागेको मेला घुम्न गएको बेला ४/५ जना केटाको समुहले जबर्जस्ती करणी गरी भागेको भन्ने खबर इप्रका चिमडीमा जानकारी प्राप्त हुन साथ प्रहरी टोलिले बालिकालाई उद्धार गरी उपचारको लागि नोबेल अस्पताल बिराटनगर पठाईएको प्रहरीले जनाएको छ ।
पक्राउ पर्नेमा सुनसरी बर्जु गा.पा. ६ बस्ने बर्ष २१ का बुध नारायण चौधरी, बर्जु ६ बस्ने बर्ष २१ का विजय साह र बर्जु ६ का १५ बर्षका बालक रहेको प्रहरीले जनाएको छ ।
इप्रका दुहबीबाट प्रहरी निरीक्षक सागर तिमिल्सिनाको कमाण्डमा प्रहरी टोलि खटि गई जबर्जस्ती करणी गर्नेहरु बाँकीको खोज तथा घटना सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
पीडित बालिका र घटना सम्बन्धमा थाहा पाउने मानिसहरुले खुलाई दिएको हुलिया र टेक्निकल एनालाइसिस् समेतको आधारमा अप्रेशन संचालन गरी घटनामा संलग्न मानिसहरुलाई खोजतलास गर्ने क्रममा घटना भएको २ दिन पछि फेला पारी पक्राउ गरेको प्रहरीले जनाएको छ ।
उनिहरुलाई सुनसरी जिल्ला अदालतबाट ५ दिनको म्याद थप गरी थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।-स्रोत :प्रदेश दर्पण


