धरानबाट जांदै गरेको भ्यानबाट लडेर एक पुरुषको मृत्यु

सुनसरी । सुनसरीको इनरुवा नगरपालिका–६ भोटेपुलस्थित पूर्व–पश्चिम राजमार्गमा भएको सवारी दुर्घटनामा घाइते भएका एक पुरुषको उपचारका क्रममा मृत्यु भएको छ।

बुधवार साँझ ५ बजेतिर धरानबाट राजविराजतर्फ जाँदै गरेको म.प्र. ०१–००१ज–०१२६ नम्बरको म्याजिकबाट झर्दै गर्दा इनरुवा–६ मधेशा निवासी ५५ वर्षीय टंक विश्वकर्मा घाइते भएका थिए।

उनलाई घटनास्थलमा पुगेको प्रहरी टोलीले उद्धार गरी प्रारम्भिक उपचारका लागि जिल्ला अस्पताल इनरुवा पठाएको थियो। सामान्य उपचारपछि थप उपचारका लागि न्यूरो अस्पताल विराटनगर रेफर गरिएको थियो ।

थप उपचारका क्रममा आज (बिहीवार) बिहान ६ः५० बजे विराटनगरस्थित न्यूरो अस्पतालमा विश्वकर्माको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ।

मृतकको शव अस्पतालमै राखिएको छ।

दुर्घटनामा संलग्न म्याजिक चालक सप्तरी राजविराज नगरपालिका–२ का ३५ वर्षीय मोहम्मद मंसुरीलाई नियन्त्रणमा लिइएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।-टाकुरा न्यूज

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।