जहदा गाउँपालिकाद्वारा अस्थायी तथा करार कर्मचारीको नियुक्ति र सम्झौता रद्द

विराटनगर । जहदा गाउँपालिकाले अस्थायी तथा करार कर्मचारीसँग आगामी असोज ३१ गतेदेखि लागुहुने गरी नियुक्ति र करार सम्झौता रद्द गरिएको जानकारी दिइएको छ । जहदा गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत रोशन कुमार गुप्ताको हस्ताक्षर भएका सार्वजानिक सूचना असोज २१ गते प्रकाशित गरिएको छ ।

जसमा ‘नेपाल सरकार, प्रदेश तथा स्थानीय तहमा स्वीकृत दरबन्दी बाहेकका अस्थायी तथा करारमा कर्मचारी राख्न नपाउने’ निर्णय बमोजिम हुने उल्लेख छ ।

नेपाल सरकार (मन्त्रिपरिषद्) को २०८२ असोज ५ गतेको निर्णय अनुसार अर्थमन्त्रालयको असोज ७ गते र संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले ८ गते पत्राचार गरेको थियो ।

जहदा गाउँपालिकाले संघीय सरकारको निर्णय अनुसार असोज ३१ गतेदेखि सबै अस्थायी र करारका कर्मचारीसँगको सम्झौता रद्द गर्ने निर्णय गरेपछि यसको अहिले चौतर्फी बहस भइरहेको छ ।

जहदा गाउँपालिकामा मात्रै अस्थायी र करार गरेर ६६ जना कर्मचारी रहेका छन् । तर, संविधान अनुसार तीन तहका सरकार सञ्चालनको आ– आफ्नै अधिकार क्षेत्र रहेका छन् । तीन तहका सरकार प्रमुखले कानुन बमोजिम गर्ने निर्णयमा उतिकै महत्वपूर्ण ठहर्ने भएकोले संघीय सरकारको मन्त्रिपरिषदको निर्णय अनुसार स्थानीय सरकारको कानुन बमोजिम नियुक्त गरिएका कर्मचारी हटाउन जरुरी नरहेको समेत बहस भइरहेको छ ।

जहदा गाउँपालिकामा नयाँ कर्मचारीको भर्ना गर्नका लागि यस अगाडी समेत पटक पटक यो प्रयास भएको थियो । यद्यपी पुरानाले नमान्दा हटाउन सकेको थिएन । अहिले संघीय सरकारको निर्णयलाई देखाएर हटाउने निर्णय भएपछि कानुनमा पनि संशोधन हुनुपर्ने माग गरिएको छ ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।