रंगेली मालपोतमा भूमाफियाको सञ्जाल, ऐलानी जग्गा ब्यक्तिको नाममा पास,४ जनाबिरुद्ध पक्राउ पुर्जी

मोरंग । मोरङको रंगेली मालपोत कार्यालयमा सरकारी ढड्डा नै च्यातेर भूमाफियालाई ऐलानी जमिन पास गराइएको किर्ते प्रकरण सार्वजनिक भएको छ ।

मालपोतका कर्मचारी एवं सुरक्षागार्डले मिलेमतो गरेर नक्कली हस्ताक्षर र स्रेस्ता तयार गरी सरकारी जमिन भूमाफियाको नाममा दर्ता गरेको खुलासा भएपछि रंगेली–डाइनिया सडकखण्डको बस्ती त्रासमा डुबेको छ । सुनवर्षी नगरपालिका–६ स्थित कित्तानम्बर ११०, क्षेत्रफल १७ कट्ठा २ धुर सरकारी ऐलानी जग्गा भूमाफिया भीमप्रसाद सिंहको नाममा पास गरिएको पाइएको हो ।

यसका लागि मालपोतका सुरक्षागार्ड कामदेव मण्डल, नायब सुब्बा रेवती अधिकारी र कम्प्युटर अपरेटर अर्जुन न्यौपानेको प्रत्यक्ष संलग्नता रहेको प्रारम्भिक प्रमाण भेटिएको छ । सुरक्षागार्ड मण्डलले नै स्रेस्ता च्यातेर नक्कली अभिलेख टाँसिएको कुरा लिखित रूपमा स्वीकार गरेका छन् ।

उनले आफ्नो स्पष्टीकरणमा लेखेका छन्,भगवत साह तेलीको नाममा रहेको स्रेस्ता च्यातेर सोही ठाउँमा सिंहको नाममा नयाँ स्रेस्ता टाँस गरेको हुँ । मालपोत प्रमुख सुनील पौडेलका अनुसार, उक्त स्रेस्ता ‘२०५८ साल’ मा प्राप्त भएको देखाइएको छ, तर कागजात भने २०७३ सालमा तयार गरिएको छ । उनका शब्दमा, यो प्राविधिक र कानुनी दुवै दृष्टिले असम्भव छ । शतप्रतिशत किर्ते हो ।

सुनवर्षी–६ का करिब २० सुकुम्बासी परिवार २०३० सालदेखि यही जमिनमा बस्दै आएका छन् । भदौ २३ गते बिहान भीमप्रसाद सिंह ‘वैध मालिक’ भन्दै डोजर लिएर घर अगाडि आइपुगेपछि बस्ती त्रासमा डुबेको हो । पीडित मोहमद इजरायल भन्छन्, यो हाम्रो जमिन मात्र होइन, हाम्रो पहिचान हो । राज्यको ढड्डा च्यातेर हाम्रो भविष्य च्यात्ने अधिकार कसैलाई छैन।

भीमप्रसाद सिंह पहिले लागुऔषध कारोबारको सजाय काटिसकेका व्यक्ति हुन् । उनी स्थानीय भूमाफिया समूहसँग नजिक रहेका थिए । उनैको इशारामा सुरक्षागार्ड मण्डल र कर्मचारीहरू आर्थिक प्रलोभनमा परेर सरकारी अभिलेखमै हेरफेर गरेको देखिन्छ । हाल मण्डल सम्पर्कविहीन छन् भने मालपोत परिसरमा प्रहरीको निगरानी बढाइएको छ । मालपोत प्रमुख पौडेलका अनुसार, तीनै संलग्न कर्मचारीसँग स्पष्टीकरण माग भइसकेको र कारबाही प्रक्रिया अघि बढाइएको छ ।

उनीहरु बिरुद्ध पक्राउ पुर्जी समेत जारी भईसकेको छ । रंगेलीको यो प्रकरणले देशभरका मालपोत कार्यालयहरूमा चल्दै आएको ‘नक्कली स्रेस्ता’ खेल उजागर गरेको छ । स्थानीय नागरिक मोहमद अइसुर रहमानले अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा छानबिनका लागि निवेदन समेत दिएका छन् ।-बेतना दैनिकबाट

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।