अनलाइन सञ्चारमाध्यमको सूचीकरण अब प्रेस काउन्सिल नेपालबाट नहुने

काठमाडौं । प्रेस काउन्सिल नेपालले अबदेखि अनलाइन सञ्चारमाध्यमहरूको सूचीकरण र अभिलेखीकरण नगर्ने भएको छ। काउन्सिलले आइतबार एक सूचना जारी गर्दै कानुनी व्यवस्थाअनुसार यो कार्य आफूबाट नहुने स्पष्ट पारेको हो।

काउन्सिलका अनुसार अनलाइन सञ्चारमाध्यमलाई व्यवस्थित गर्ने उद्देश्यका साथ २०७० साउन १६ गते सार्वजनिक सूचना जारी गरी सूचीकरणको प्रक्रिया सुरु गरिएको थियो। त्यसपछि नेपाल सरकारले २०७३ चैत ७ गतेदेखि लागू हुने गरी ‘अनलाइन सञ्चार माध्यम सञ्चालन निर्देशिका, २०७३’ जारी गरेको थियो, जसअनुसार प्रेस काउन्सिलले अनलाइन सञ्चारमाध्यमहरूको अभिलेख राख्दै आएको थियो।

निर्देशिका अनुसार काउन्सिलले मापदण्ड बनाइ ३,००० शुल्क लिई अभिलेख, सूचीकरण र अभिमुखीकरण गर्दै आएको थियो।

तर हालै जारी ‘केही नेपाल ऐन संशोधन गर्ने ऐन, २०८२’ र सोअनुसार प्रकाशित ‘छापाखाना तथा प्रकाशन सम्बन्धी (दोस्रो संशोधन) नियमावली, २०८२’ कार्यान्वयनमा आएपछि अब अनलाइन सञ्चारमाध्यमको अभिलेख तथा सूचीकरण प्रेस काउन्सिलको अधिकारक्षेत्रभित्र नरहेको काउन्सिलले जनाएको छ।

प्रेस काउन्सिलका सहप्रशासकीय अधिकृत तथा सह–प्रवक्ता रामशरण बोहराले हस्ताक्षरित सूचनामा भनिएको छ, ‘माथि उल्लिखित ऐन तथा नियमावलीमा अनलाइन सञ्चारमाध्यमको अभिलेख तथा सूचीकरण प्रेस काउन्सिलले गर्ने गरी कानुनी व्यवस्था नभएको हुँदा उक्त कार्य प्रेस काउन्सिल नेपालबाट नहुने बेहोरा सम्बद्ध सबैमा जानकारीका लागि प्रकाशित गरिएको हो।’

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।