विराटनगर स्थित चेतना संरक्षण प्रतिष्ठानको अध्यक्षमा पुनः सुवेदी निर्विरोध निर्वाचित

विराटनगर । विराटनगरस्थित चेतना संरक्षण प्रतिष्ठानको अध्यक्षमा साहित्यकार गंगा सुवेदी पुनः निर्वाचित भएकी छन् ।

शनिबार विराटनगरमा सम्पन्न २१ औं साधारणसभाबाट सुवेदी तीन वर्षका लागि निर्विरोध निर्वाचित भएकी हुन् । सुवेदीको नेतृत्वमा नयाँ कार्यसमितिसमेत चयन गरिएको छ । प्रतिष्ठानको वरिष्ठ उपाध्यक्षमा रेवतबहादुर कार्की, उपाध्यक्षमा सरला चापागाईं, सचिवमा दिनेशराज सुवेदी ‘दिङ्लाली कान्छो’, सहसचिवमा लक्ष्मी पोखरेल र कोषाध्यक्षमा बाबुराम श्रेष्ठ ‘वर्षा’ छानिएका छन् ।

कवि मीनकुमार नवोदित, हरिप्रसाद बराल, करुणा जोशी, निर्मला कोइराला र नानुमैयाँ दाहाललाई प्रतिष्ठानको सदस्यमा चयन गरिएको छ ।

स्वेच्छिक समाजसेवी तथा प्रतिष्ठानका संरक्षक देवकिशन मुन्दडाको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा ‘गंगा सुवेदी असल सन्तान पुरस्कार–२०८२’ बाट विराटनगर–३ का विनोद सिग्देल र रुपा सिग्देल परिवारलाई पुरस्कृत गरिएको छ । ११ हजार नगद राशिसहित सम्मानपत्रले उनीहरुलाई सम्मानित गरिएको थियो । प्रतिष्ठानले बुवाआमा र सासु–ससुरालाई राम्रो हेरचाह गर्ने र असल संस्कार अवलम्बन गर्ने छोरा–बुहारी र छोरी–ज्वाइँलाई सम्मान गर्दै आएको छ ।

कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि मुन्दडाले चेतना संरक्षणले भाषा, साहित्य, कला, संस्कृतिको विकासमा महत्वपूर्ण कार्य गरेको बताए । प्रतिष्ठानकी अध्यक्ष सुवेदीले विगतमा जस्तै सबैको साथ र सहयोगले संस्थालाई अझै व्यवस्थित र सशक्त बनाएर अगाडि बढाउने प्रतिबद्धता जनाइन् ।

सो अवसरमा प्रतिष्ठानका संरक्षक दिनेश सुवेदी, गणेश पोखरेल, अग्रज साहित्यकार प्राध्यापक कविराज न्यौपानेलगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।

साधारणसभाले आर्थिक तथा सांगठानिक प्रतिवेदनसमेत पारित गरेको सचिव दिङ्लाली कान्छोले जनकारी दिए । प्रतिष्ठानले हरेक महिनाको पहिलो शुक्रबार मासिक कार्यक्रम, चेतना सन्देश त्रैमासिक पत्रिकासमेत प्रकाशित गर्दै आएको छ ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।