मोरंगको रंगेलीमा स्थानीयले हाइना देखे, उद्दार टोलीले भेटेन
मोरंग । माेरङको रंगेलीमा जंगली जनवार हुँडार (हाइना) देखिएपछि त्रास फैलिएको छ । पछिल्लाे एक सातायता हुँडार देखिएको भन्दै त्रास फैलिएकाे हाे ।
सडकमा हुँडारको बथान देखिएको भन्दै सामाजिक सञ्जालमा तस्बीर भाइरल भइरहेको छ ।
डिभिजन वन कार्यालय मोरङका प्रमुख उत्सव थापाका अनुसार एकसाता यता हाइना देखिएको हल्ला छ ।
वन कार्यालयमा सूचना आएपछि उद्दारका लागि टोली परिचालन गर्दा हाइना नभेटिएको उनले बताए ।


