झुम्का कारागारमा एक कैदीको मृत्यु
सुनसरी । सुनसरीस्थित झुम्का कारागारमा एक कैदीको मृत्यु भएको छ।
कारागार प्रशासनका अनुसार आइतबार (हिजो) बिहान करिब ५ः३० बजे कारागारको ‘बी’ बन्दीगृहमा ५३ वर्षीय बन्दी सुधना सरदार अचेत अवस्थामा फेला परेका थिए। उनलाई तुरुन्तै कारागारका प्रहरी हवलदार सन्तोष श्रेष्ठसहितको टोलीले उपचारका लागि जिल्ला अस्पताल इनरुवा लगिएको थियो।
तर अस्पताल पुगेपछि बिहान ६ः१५ बजे उपचारको क्रममा सरदारको मृत्यु भएको अस्पताल स्रोतलाई उद्धृत गर्दै कारागार प्रमुख सुभाष लामिछानेले जानकारी दिएका छन्।
सरदार जिल्ला अदालतको २०८० साल असोज २ गतेको आदेशमा जिउ मास्ने बेच्ने मुद्दामा सजाय पाएका कारण झुम्का कारागारमा रहेका थिए। मृत्युको कारणबारे थप अनुसन्धान भइरहेको कारागार प्रशासनले जनाएको छ।


