घरबाटै बेपत्ता बालिकाको शव दुई दिनपछि खोलामा फेला
कपिलवस्तु । कपिलवस्तुको मायादेवी गाउँपालिका- १ पकडीस्थित घरबाट बेपत्ता भएकी बालिकाको शव सोमबार बिहान मर्थी खोलामा फेला परेको छ ।
बालिकाको शव घर देखि ३ किलो मिटर दक्षिण मायादेबी गाउँपालिका- १ र सुद्धोधन गाउँपालिका- ६ को सिमामा पर्ने मर्थी खोलमा फेला परेको प्रहरी नायब उपरीक्षक रिपेन्द्र कुमार सिंहले बताए ।


