मोरङको बूढीगंगा गाउँपालिकाका महिलालाई डकर्मी तालिम

विराटनगर,२५ कातिक । मोरङको बूढीगंगा गाउँपालिकाका विपन्न समुदायका महिलाहरुलाई स्वरोजगार बनाउन १० दिने डकर्मी तालिम सुरु भएको छ । बूढीगंगा गाउँपालिका वडा नम्बर ४ को समन्वयमा विपन्न महिलाहरुलाई स्वरोजगार बनाउन डकर्मी तालिम सञ्चालन गरिएको हो ।

राष्ट्रिय अपांग पुर्नस्थापना समाज काठमाडौंको आयोजना तथा स्टान्डर्ड चार्टर्ड बैंकको सौजन्यमा सोमबारबाट सुरु भएको तालिमको बूढीगंगा गाउँपालिकाका अध्यक्ष जितनारायण थापा मगरले उद्घाटन गर्नुभयाे । उद्घाटन समारोहलाई सम्बोधन गर्दै अध्यक्ष मगरले विपन्न समुदायका महिलालाई लक्षित गरी आयोजित तालिम उपलब्धिमूलक हुनेमा विश्वास व्यक्त गर्नुभयाे ।

सीपयुक्त व्यक्तिले मात्रै राम्रो आयआर्यन गर्न सक्ने भन्दै अध्यक्ष मगरले भन्नुभयाे, ‘हातमा सीप भएमा कोही पनि भोकै बस्नु पर्दैन । यो तालिमपछि महिलाहरु आयआर्जन गरी स्वरोजगार हुनेछन् भन्ने मैले विश्वास लिएको छु ।’

नेपाल इन्भेष्टमेन्ट बैंक लिमिटेडको सहयोगमा सञ्चालन गरिएको उक्त तालिममा ८ जना महिला र १० जना पुरुष गरी कुल १८ जना सहभागी रहेका छन् ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।