कोशी प्रदेश प्रहरी प्रमुखद्वारा ओखलढुंगा जिल्लाका स्थानीयबासी, नागरिक समाजका व्यक्तित्वहरुसँग छलफल तथा अन्तरक्रिया

विराटनगर । निरीक्षण भ्रमणको क्रममा जिल्ला प्रहरी कार्यालय ओखलढुंगा पुग्नु भएका कोशी प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक ईश्‍वर कार्कीले ओखलढुङ्गा जिल्लाका जिल्ला समन्वय समितिका प्रमुख टेकराज भट्टराई, सिद्दीचरण नगरपलिकाका प्रमुख तेजेन्द्र खनाल लगायत स्थानिय जनप्रतिनिधि, राजनैतिक दल, जिल्ला स्थित विभिन्न संघ संस्थाका पदाधिकारीहरु, नागरिक समाज, संचारकर्मीहरुसंग भेटघाट, छलफल तथा अन्तरक्रिया गर्नु भएको छ ।

कार्तिक २५ गते जिल्ला प्रहरी कार्यालय ओखलढुंगामा आयोजित कार्यक्रममा उपस्थित महानुभावहरुसंग प्रदेश प्रहरी प्रमुख कार्कीले उपस्थित महानुभावहरुबाट जिल्लाको शान्ति सुरक्षाको अवस्था, प्रहरीसंगको अपेक्षाका साथै उठेका जिज्ञासाहरुको सुनुवाई गर्नु भएको थियो भने नागरिक र प्रहरी बिचको सम्वन्ध सुदृढ बनाई हातेमालो गर्दै अगाडि बढेमा शान्तिपूर्ण समाजको परिकल्पना गर्न सहज हुने सम्पूर्णमा विश्वास दिलाउनु भयो ।

साथै वहाँले समुदाय प्रहरी साझेदारी कार्यक्रमलाई प्रभावकारी बनाउन समुदायको साथ र सहयोग आवश्यक रहेको वताउदै अपराध अनुसन्धान कार्यमा प्रहरीलाई सहयोग उपलव्ध गराउन सम्पुर्णमा अनुरोध गर्नु भयो ।

भेटघाट, छलफल तथा अन्तरक्रिया कार्यक्रममा प्रदेश प्रहरी गण विराटनगरका प्रहरी उपरीक्षक रुकेश तण्डुकार, जिल्ला प्रहरी कार्यालय ओखलढुंगाका प्रमुख प्रहरी नायव उपरीक्षक मदन के.सी. लगायतका प्रहरी अधिकृतहरुको उपस्थिति रहेको थियो ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।