कोशी प्रदेश प्रहरी प्रमुख कार्कीद्वारा जिल्ला प्रहरी कार्यालय सोलुखुम्वुको निरीक्षण

विराटनगर । कोशी प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक ईश्‍वर कार्कीले जिल्ला प्रहरी कार्यालय सोलुको निरीक्षण भ्रमण गर्नु भएको छ ।

कार्तिक २५ गते भएको निरीक्षण भ्रमणको क्रममा वहाँले कार्यालय, सम्पुर्ण शाखाहरुको निरीक्षण गर्नुका साथै कार्यरत प्रहरी कर्मचारीहरुलाई आवश्यक निर्देशन दिनु भएको छ । निर्देशनको क्रममा वहाँले संगठनको हितलाई प्राथमिकतामा राखेर आफुलाई प्राप्त जिम्मेवारी ईमान्दार र अनुशासित तवरबाट निर्वाह गरी नागरिकको सेवामा सदैव तल्लिन रहनु पर्ने बताउनु भएको छ ।

विश्वको सर्वोच्च शिखर सगरमाथाले परिचित नेपालको सोलुखुम्वु जिल्लामा भ्रमणको लागि आउनु हुने पर्यटकहरुलाई सुरक्षित साथ निर्धक्क भ्रमण गरी फर्कने वातावरण बनाउन प्रहरीले मुख्य भुमिका निर्वाह गर्नु पर्ने वताउनु हुँदै समाजमा आम नागरीक र प्रहरी बिचको सम्बन्ध सुमधुर बनाई कुनै पनि अपराधिक घटनाहरु घट्न नदिनका लागि ग्रामिण भेगका बस्तीहरुमा छोटो तथा लामो दुरीको प्रहरी गस्ती परिचालन गर्न तथा जनचेतनाको कमिबाट हुने घटना दुर्घटना न्यूनीकरण गर्न सचेतनामुलक कार्यक्रमहरु संचालन गर्न समेत निर्देशन दिनु भएको छ ।

सोलुखुम्बु जस्तो दुर दराज पहाडी र हिमाली जिल्लामा सिमित स्रोत साधनको वावजुद पनि निरन्तररुपमा नागरिकहरुमा बिश्वासिलो प्रहरी सेवा प्रदान गर्दै आईरहेकोमा सम्पूर्ण प्रहरी कर्मचारीहरुलाई सेवाको लागि धन्यवाद व्यक्त गर्नुका साथै कार्यरत प्रहरी कर्मचारीहरुको पिरमार्का र समस्याहरुको सुनुवाई समेत गर्नु भएको थियो ।

निरीक्षण भ्रमणको क्रममा कोशी प्रदेश प्रहरी गण विराटनगरका प्रमुख प्रहरी उपरीक्षक रुकेश तण्डुकार समेतको उपस्थिति रहेको थियो ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।