एमालेका सबै नेताहरू आफ्नो पार्टीमा आउने प्रचण्डको दाबी
काठमाडौ । नेपाली कम्युनिस्ट पार्टी (नेकपाका) संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेकपा एमालेका सबै नेताहरू आफ्नो पार्टीमा आउने दाबी गरेका छन्।
बुधबार भीम रावल नेतृत्वको मातृभूमि जागरण अभियान सँगको सहमति पत्रमा हस्ताक्षर गरेपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनले यस्तो अभिव्यक्ति दिएका हुन्।
प्रचण्डले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई लक्षित गर्दै भने, “केपीले हावादारी कुरा गर्छन्, तर एमाले छोडेर सबै नेताहरू यता आउँछन्।” उनका अनुसार अहिले सम्म १२ वटा राजनीतिक दल नेपाली कम्युनिस्ट पार्टीमा समाहित भइसकेका छन्।
उनले मातृभूमि जागरण अभियानसँगको सहमति नेपालमा वाम एकतालाई थप बलियो बनाउने भन्दै, एमालेभित्र असन्तुष्ट नेताहरू क्रमशः आफ्नो पार्टीमा आउने दाबी पनि गरे।
प्रचण्डको यो टिप्पणीले पुनः एमाले र उनको नेतृत्वको पार्टीबीच राजनीतिक तनाब थपिएको छ।


