इलाका प्रहरी कार्यालय दमक तोडफोड, आगजनी र हतियारहरु लुटपाट तथा उपद्रव गर्ने व्यक्तिहरु पक्राउ

झापा । इलाका प्रहरी कार्यालय दमक तोडफोड, आगजनी र हतियारहरु लुटपाट तथा उपद्रव गर्ने व्यक्तिहरु पक्राउ परेका छन् ।

गत भदौ २४ गते झापाको इलाका प्रहरी कार्यालय दमकको कार्यालय, साना ठुला सवारी साधनहरुमा ढुंगामुढा, तोडफोड, आगजनी गर्ने तथा प्रहरीको बिभिन्न हातहतियारहरु लुटपाटमा संलग्न रहेका निम्न अनुसारका व्यक्तिहरु पक्राउ गरिएको कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरले जनाएको छ ।

१. हातहतियारहरु लुटपाट गर्ने इलाम चुलाचुली गाउपालिका-३ पेल्टीमारीका १९ बर्षीय सुजल राई, दमक नगरपालिका-७ का १९ बर्षीय गणेश शर्मालाई पक्राउ गरी हातहतियार तथा खरखजना र चोरी तथा डाँका सम्बन्धी कसुरमा थप अनुसन्धान भईरहेको ।

२. कार्यालयमा ढुंगामुढा, तोडफोड, आगजनी गर्ने पाँचथर मिक्लाजुङ गाउँपालिका-५ घर भई दमक नगरपालिका-१ बस्ने २१ बर्षीय साजन लुहागुन, दमक-३ का १९ बर्षीय रियाज सिलवाल, इलाम चुलाचुली-३ का २२ बर्षीय नकुल अधिकारी, दमक-१ का ३४ बर्षीय दिपचन महतो, दमक-६ का २४ बर्षीय लोमस कटुवालको आपराधिक उपद्रव सम्बन्धी कसुरमा थप अनुसन्धान भईरहेको ।

३. दमक नगरपालिका-३ स्थित भुटानी शर्णार्थी सुरक्षा वेश क्याम्पमा रहेको सशस्त्र प्रहरी बलको SLR राईफल लुटपाटमा संलग्न पाँचथर फाल्गुनन्द गाउँपालिका-७ घर भई दमक-३ बस्ने १७ वर्षीय आदित्य लिम्वुको हात हतियार खर खजना सम्वन्धि कसुरमा थप अनुसन्धान भईरहेको ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।