बहुभाषिक साहित्यकारको सम्मानमा भेटघाट तथा परिचर्चा कार्यक्रम

विराटनगर । बहुभाषिक साहित्यकार सन्तोषकुमार पोखरेलको स्वागत तथा सम्मानमा विराटनगरमा साहित्यिक भेटघाट तथा परिचर्चा कार्यक्रम सम्पन्न भएको छ ।

नेपाल स्रष्टा समाज कोशी प्रदेशले खोटाङ सामाजिक सेवा मञ्चको कार्यालयमा आयोजना गरेको कार्यक्रममा बहुभाषिक साहित्यकार पोखरेलले आफ्नो लेखनका विषयमा चर्चा गरेका थिए । आयोजक संस्थाका अध्यक्ष कृष्णप्रसाद भण्डारी ‘मार्सेलीको अध्यक्षतामा भएको कार्यक्रममा उनले प्रतिपादन गरेको ‘पोखरेलियन स्टेन्जा अर्थात छन्द’ का बारेमा स्रष्टाहरुलाई जानकारी गराएका थिए । उनले ‘पोखरेलियन छन्द’ मा लेख्ने तरिकासमेत सुनाएका थिए ।

‘पोखरेलियन छन्द’को प्रवद्र्धनका लागि विभिन्न स्थानमा पुगेर स्रष्टाहरुसँग भेटघाट तथा छलफल गर्ने गरेको उनको भनाइ थियो । केही दिनअघि उदयपुरको सदरमुकाम गाईघाटमा समेत ‘पोखरेलियन छन्द’ विषयमा गहन छलफल गरिएको पोखरेलले जानकारी गराए । उनले विराटनगरका स्रष्टाहरुसँग आफ्नो विचार सम्प्रेषण गर्न पाउँदा अत्यन्तै खुसी लागेको प्रस्ट्याए । सो अवसरमा पोखरेलले नेपाली, मैथिली, अंग्रेजी, रसियन भाषाका सिर्जना प्रस्तुत गरेका थिए ।

अग्रज साहित्यकार बलराम पोखरेलको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा साहित्यकार डा. देवी पन्थी, अनुवादक राजेन्द्र गुरागाईं, मुक्तक प्रतिष्ठान कोशीका अध्यक्ष बाबुराम पोखरेल, खोटाङ सामाजिक सेवा मञ्चका संस्थापक अध्यक्ष राजेश्वर निरौला लगायतले मन्तव्य व्यक्त गरेका थिए । साथै विभिन्न साहित्यकारहरुले ‘पोखरेलियन छन्द’बारे बहुभाषिक साहित्यकार पोखरेलसँग जिज्ञासा राखेका थिए ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।