धनकुटाको चौबिसे राजारानीमा बजार अनुगमन
धनकुटा । धनकुटाको चौबिसे राजारानीमा बजार अनुगमन गरिएको छ ।
खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय धनकुटा,जिल्ला प्रशासन कार्यालय, घरेलु तथा साना उद्योग कार्यालय, राष्ट्रिय उपभोक्ता मन्च , इलाका प्रहरी कार्यालय राजारानी लगायतको संयुक्त बजार अनुगमन टोलीद्नारा अनुगमन गरिएको हो ।
अनुगमनका क्रममा बजारमा रहेका खाद्य पसलहरुलाई खाद्य स्वच्छता कायम गर्न निर्देशन दिइएको खाद्य प्रविधि कार्यालय धनकुटाले जनाएको छ ।


