सहिदभूमिमा अन्तरपालिका स्तरीय दोस्रो खाल्साथुम कप पुरुष भलिबल खेल आजदेखि सुरु

नरेन्द्र कश्चित/धनकुटा,२४ मंसिर । धनकुटाको सहिदभूमि गाउँपालिका वडा नं.-२ को ढोलमुखामा दोस्रो अन्तर पालिका स्तरीय पुुरुष भलिबल प्रतियोगिता आजदेखि शुुरु भएको छ ।

किराँत राई समुदायको मारुनी नाँच एवं सरस्वती पूजाको अवसर पारेर “मौलिक कला,संस्कार र संस्कृतिको जगेर्ना गरौ,सृजनशीलता,अग्रसरता र चौतर्फी विकासमा युवा लागि परौ” भन्ने मुल नाराका साथ दोस्रो खाल्साथुम कप अन्तरपालिका स्तरीय पुरुष भलिबल प्रतियोगिता खाल्साथुम छिन्ताङ्ग युवा क्लबको आयोजनामा शुुरु भएको हो ।

आज भएको प्रथम चरणको खेेलमा महालक्ष्मी नगरपालिका धनकुटा र खाल्साथुम युवा क्लब सहिदभूमि-२ (निलो) धनकुटा बीच भएको खेलमा महालक्ष्मी नगरपालिका बिजयी भएको छ ।महालक्ष्मी नगरपालिका धनकुटाले खाल्साथुम छिन्ताङ्ग युवा क्लब सहिदभूमि-२ लाई सोझो सेटमा हरायो । पहिलो सेट २५–१९, दोस्रो सेट २५–२२ र तेस्रो सेट २५–१७ ले महालक्ष्मी नगरपालिका विजयी भएको हो ।

भलिबल खेल उद्घाटन समारोहका प्रमुख अतिथि गाउँपालिका अध्यक्ष मनोज राईद्वारा खेेलाडीहरुलाई बल प्रदान गरेर उद्घाटन गरेपछि आजको खेेल शुुरु भएको थियो भने उद्घाटन समारोहमा स्वागत मन्तब्य क्लबका संस्थापक अध्यक्ष वसन्त राईले गरेका थिए ।कार्यक्रममा सहिदभूमि-२ का वडा अध्यक्ष खगेन्द्र राई, वडा सदस्य सोम बहादुर राना, नेपाली कांग्रेस पार्टीका पालिका सभापति टंक राई लगायतकाको उपस्थिति रहेको थियो ।

सहिदभूमि-२ को ढोलमुखा टोलमा संचालन भइरहेको भलिबल प्रतियोगिताको विजेता टिमलाई नगद रु १ लाख १ हजार १ सय ११ रुपैया,ट्रफी,मेडल,प्रमाणपत्र र उप-विजेता हुने टिमलाई नगद रु ५५ हजार ५ सय ५५ रुपैया,ट्रफी,मेडल,प्रमाणपत्र प्रदान गरिने आयोजक खाल्साथुुम छिन्ताङ्ग युवा क्लबले जनाएको छ ।साथै खेेलको विभिन्न विधामा नगद सहित मेडल र प्रमाणपत्र समेत प्रदान गरिने क्लबका निवर्तमान अध्यक्ष एवं प्रतियोगिताका संयोजक अनिश राईले बताए ।

भलिबल प्रतियोगिता मंसिर २६ गते समापन हुने क्लबका सल्लाहकार राज कुमार राई(झडे)ले बताए ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।