सहिदभूमिमा जारी अन्तरपालिका स्तरीय दोस्रो खाल्साथुम कप पुरुष भलिबल खेलमा हतुवागढी गाउँपालिका भोजपुर र आमचोक गाउँपालिका भोजपुर विजयी
नरेन्द्र कश्चित/धनकुटा । धनकुटाको सहिदभूमि गाउँपालिका वडा नं.-२ को ढोलमुखामा दोस्रो अन्तर पालिका स्तरीय पुुरुष भलिबल प्रतियोगितामा आज भएको खेलमा हतुवागढी भोजपुर र आमचोक गाउँपालिका भोजपुर विजयी हुँदै सेमिफाइनलमा प्रवेश गरेका छन् ।
आज भएको खेेलमा महालक्ष्मी नगरपालिका धनकुटा र हतुवागढी गाउँपालिका भोजपुर बीच भएको खेेलमा हतुवागढी गाउँपालिका भोजपुरले सोझो सेटमा जीत हासिल गरेको हो ।जसमा पहिलो सेट २५–२०, दोस्रो सेट २५–२१ र तेस्रो सेट २५–२१ ले हतुवागढी गाउँपालिका भोजपुर विजयी भएको हो ।
यसैगरि आजै भएको अर्को खेेल आमचोक गाउँपालिका भोजपुर र आयोजक खाल्साथुम छिन्ताङ्ग युवा क्लब(रातो) सहिदभूमि-२ बिच हुने भनिएको खेेलमा आयोजक टिम खेेलमा सहभागी नभएपछि आमचोक गाउँपालिका भोजपुर सिधै सेमिफाइनल चरणमा प्रवेश गरेको छ ।
भोली सेमिफाइनल र फाइनल चरणका खेेलहरु खेेलाइने अन्तरपालिका स्तरीय दोस्रो खाल्साथुम कप पुरुष भलिबल प्रतियोगिताका संयोजक अनिश राईले बताए ।
धनकुटाको सहिदभूमि-२ को ढोलमुखा टोलमा संचालन भइरहेको भलिबल प्रतियोगिताको विजेता टिमलाई नगद रु १ लाख १ हजार १ सय ११ रुपैया,ट्रफी,मेडल,प्रमाणपत्र र उप-विजेता हुने टिमलाई नगद रु ५५ हजार ५ सय ५५ रुपैया,ट्रफी,मेडल,प्रमाणपत्र प्रदान गरिने आयोजक खाल्साथुुम छिन्ताङ्ग युवा क्लबले जनाएको छ ।साथै खेेलको विभिन्न विधामा नगद सहित मेडल र प्रमाणपत्र समेत प्रदान गरिने क्लबका निवर्तमान अध्यक्ष एवं प्रतियोगिताका संयोजक राईले बताए


