सहिदभूमिमा सम्पन्न अन्तरपालिका स्तरीय दोस्रो खाल्साथुम कप पुरुष भलिबल खेलको उपाधि हतुवागढी गाउँपालिका भोजपुरलाई

नरेन्द्र कश्चित/धनकुटा । धनकुटाको सहिदभूमि गाउँपालिका वडा नं.-२ को ढोलमुखामा दोस्रो अन्तर पालिका स्तरीय पुुरुष भलिबल प्रतियोगितामा आज भएको फाइनल खेलमा हतुवागढी गाउँपालिका भोजपुर विजयी भएको छ ।

विजयी बनेसँगै नगद रु १ लाख १ हजार १ सय ११,ट्रफी,मेडल र प्रमाण-पत्र विजेता हतुवागढी गाउँपालिका भोजपुरले हात पारेको हो ।

धनकुटाको सहिदभुमि-२ छिन्ताङ्ग ढोलमुखा टोलमा आज भएको आमचोक गाउँपालिका भोजपुर र हतुवागढी गाउँपालिका भोजपुर बीच भएको फाइनल खेेलमा हतुवागढी गाउँपालिका भोजपुरले सोझो सेटमा जीत हासिल गर्दै विजेता बनेको हो ।जसमा पहिलो सेट २५–२३, दोस्रो सेट २५–२२ र तेस्रो सेट २५–२३ ले हतुवागढी गाउँपालिका भोजपुर विजयी बन्न सफल भएको हो ।

आमचोक गाउँपालिका भोजपुरले भने उप-विजेतामा चित्त बुझाउदै नगद रु ५५ हजार ५ सय ५५ , ट्रफी,मेडल र प्रमाण पत्र हात पारेको छ ।

आज भएको फाइनल खेेलका म्यान अफ दि म्याच हतुवागढी गाउँपालिका भोजपुरका प्रदिप कट्टेल घोषित भए भने उनले नगद रु २ हजार मेडल र प्रमाणपत्र प्राप्त गरे ।सवोत्कृष्ट खेेलाडी हतुवागढी गाउँपालिका भोजपुरका रविन गौतम घोषित भए भने उनले नगद रु ५ हजार मेडल र प्रमाणपत्र प्राप्त गरे ।यसैगरि बेष्ट स्पाइकरमा हतुवागढी भोजपुर राज कुमार तामाङ घोषित भए भने तामाङले नगद रु २ हजार,मेडल र प्रमाणपत्र प्राप्त गरे ।वेष्ट सर्भर उप-विजेता टिम आमचोक गाउँपालिका भोजपुरका सन्देश विष्ट घोषित भए भने विष्टले नगद रु २ हजार मेडल र प्रमाणपत्र प्राप्त गरे ।वेष्ट सेटरमा विजेता टिम हतुवागढी गाउँपालिका भोजपुुरका विशाल राई घोषित भए भने राईले नगदप रु २ हजार,मेडल र प्रमाणपत्र प्राप्त गरे ।वेष्ट मिडल ब्लकर विजेता टिम हतुवागढी गाउँपालिकाकै एक्सन राई घोषित भए भने उनले पनि नगद रु २ हजार मेडल र प्रमाणपत्र प्राप्त गरे ।यसैगरि वेष्ट लिब्रो भने उप-विजेता टिम आमचोक गाउँपालिका भोजपुरका सन्तोष राई घोषित भए भने राईले नगद रु २ हजार मेडल र प्रमाणपत्र प्राप्त गरे ।बेष्ट कोच विजेता हतुवागढी गाउँपालिका भोजपुरका महेश घिमिरे घोषित भए भने उनले पनि नगद रु २ हजार मेडल र प्रमाणपत्र प्राप्त गरे ।

विजेेता र उप-विजेता टिमलाई समापन समारोहका प्रमुख अतिथि सहिदभूमि गाउँपालिका वडा नं.-२ का वडा अध्यक्ष खगेन्द्र राई,खाल्साथुम छिन्ताङ्ग युवा क्लबका निवर्तमान अध्यक्ष अनिश राई,संस्थापक अध्यक्ष वसन्त राई,क्लबका सल्लाहकार राज कुमार राई(झगडे) लगायतकाबाट पुरस्कार बितरण गरिएको थियो ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।