धनकुटाको पाख्रिबासमा इभी गाडी दुर्घटना,६ जना घाइते
धनकुटा,२७ मंसिर । धनकुटामा इभी गाडी दुर्घटना भएको छ ।
इटहरीबाट भोजपुरतर्फ जाँदै गरेको प्रदेश १–०२–००१ ज ४७८६ नम्बरको इभि गाडी मध्य पहाडी लोक मार्गमा पर्ने धनकुटाको पाख्रीबास नगरपालिका–४ स्थित सिम खेतमा दुर्घटना भएको हो ।
दुर्घटनामा परि ६ जना सामान्य घाईते भएको जिल्ला प्रहरी कार्यालय धनकुटाले जनाएको छ ।


