कांग्रेसको १५ औ महाधिवेशन धनकुटाको पूर्ण एकताको महाधिवेशन हुने
धनकुटा । नेपाली कांग्रेसको १५ औं महाधिवेशन धनकुटा जिल्लामा पूर्ण एकताको महाविधेशन बनाउनु पर्नेमा धनकुटाको पाख्रिवासमा नगर कार्य समिति पाख्रिवासद्धारा आयोजना गरिएको वृहत भेलामा सहभागीले वताए ।
नेपाली कांग्रेस धनकुटाका पूर्व सभापतीद्धय हरी कुमार राई अग्नी प्रसाद पौडेलले १५ औं महाधिवेशन पुस्तान्तरण र रुपान्तरणको महाधिवेशन हुने वताए ।
नेपाली कांग्रेस धनकुटाका उपभापति निर्मल प्रसाद ओझा ,जिल्ला सचिवहरु विजय सन्तोषी राई,जयन्द्र घिसिगले नेपाली कांग्रेसको १५ औं महाधिवेशनले वडा तह देखि केन्द्र सम्म नेपाली कांग्रेसमा अभिभावकहरुलाई सम्मान गर्दै युवा पुस्ता नेतृत्वमा आउने वताए ।
सो अवसरमा पूर्व प्रदेश राज्य मन्त्री इन्दिरा थापा,पाख्रिवास नगरपालिकाका मेयर ज्ञान वहादुर गुरुगले पाख्रिवास नगरपालिकालाई समृद्ध पाख्रिवास नगपालिका वनाउन विभिन्न विकासका अभियानहरु संचालन गरिरहेको वताए ।


