भेडेटार–चित्रे खण्डमा मालबहाक ढुवानीका साधनको भारबहन मापदण्ड पालनामा कडाइ

धनकुटा । कोशी राजमार्गअन्तर्गत धनकुटाको भेडेटार–चित्रे खण्डमा मालबहाक ढुवानीका साधनको भारबहन मापदण्ड पालना अनुगमनमा कडाइ गरिएको छ । यातायात व्यवस्था सेवा कार्यालय, जिल्ला प्रहरी कार्यालय र डिभिजन वन कार्यालय धनकुटाले संयुक्त रुपमा भारबहन मापदण्ड नगरेको बुन छड्के अनुगमन कडाइ गरेको हो ।

कोशी राजमार्गको भेडेटार–चित्रे खण्डमा मालबाहक ढुवानीका साधन सञ्चालन गर्दा भारबहन मापदण्ड पालना भए नभएको छड्के अनुगमन गरी चेकजाँचलाई तीव्रता दिएको छ । सडकमा चल्ने ट्रक, टिप्पर, मिनीटिपर, ट्रेलर, सेमीट्रेलर, ट्याकटरजस्ता मालवस्तु ढुवानी गर्ने साधनका मापदण्ड विपरित सञ्चालन भएको गुनासो बढ्न थालेपछि अनुगमन सुरु गरिएको जिल्ला प्रहरी कार्यालय धनकुटाका प्रहरी प्रमुख एसपी शरत कुमार थापा क्षेत्रीले बताउनुभयो ।

यस्तै चालक र सह–चालकले समेत मापदण्ड विपरित सामान लोड गरी ओससारपसार गर्दा सडक संरचनामा क्षति पुगेको गुनासो बढेको उहाँले बाउनुभयो । सो गुनासो आएसँगै धनकुटाका प्रमुख जिल्ला अधिकारी विनोदकुमार खड्काको अध्यक्षतामा बसेको बैठकले भारवहन निर्देशिका २०७४ कडाइका साथ पालना गराउँने निर्णय समेत गरेको थियो । राष्ट्रिय गौरवका आयोजनाको मालबस्तु बोकेका बाहेक अन्य ढुवानीका साधनले भारबहन मापदण्ड पालना नगरे सङ्घीय सवारी तथा यातायात व्यवस्था ऐन २०४९ तथा कोशी प्रदेश सवारी तथा यातायात ब्यबस्था ऐन २०७६ आकर्षित हुने यातायात व्यवस्था सेवा कार्यालय धनकुटाका प्रमुख रमेशप्रसाद दाहालले बताउनुभयो ।

सङ्घीय सवारी तथा यातायात व्यवस्था ऐन २०४९ अन्तर्गत भारबहन मापदण्ड पालना नगर्ने ढुवानीका साधनलाई ट्राफिक प्रहरीले दुई हजार रुपियाँ तथा पटकेमा परे यातायात व्यवस्था सेवा कार्यालयले प्रदेश ऐन अनुसार पाँच हजारदेखि दस हजार रुपियाँसम्म जरिवाना गर्न सक्ने उहाँले बताउनुभयो ।

भारबहन मापदण्ड पालनामा प्रशासनले कडाइ गरेता पनि कोशी राजमार्गको धनकुटा खण्डमा तौलपुल ९धर्मकाँटा० राखिएको छैन । धनकुटा लगायत तेह्रथुम, भोजपुर, संखुवासभा र खोटाङ लगायत पहाडी जिल्ला आउने कतिपय ढुवानीका साधनले सुनसरी मै तौल गराएर आउने गरेका छन् । धरान–धनकुटा सडकको अधिकतम भारबहन क्षमता भने करिब ४० टन मात्रै भएको सडक डिभिजन कार्यालय धनकुटाका प्रमुख राजेन्द्रप्रसाद साहले बताउनुभयो । कोशी राजमार्गको धरान धनकुटा खण्डमा ४० टनभन्दा बढीका मालबाहक ढुवानीका साधन गुडाउँन नपाइने समेत उहाँले बताउनुभयो ।-स्रोत :आमसंचार

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।