ऐेतिहासिक र साँस्कृतिक सम्पदाको संरक्षण गर्न नेपाली सेनाले ‘विजयपुरगढी–सांगुरीगढी दौड’ तथा पदयात्रा गर्ने

धनकुटा । धनकुटा र सुनसरीकाे ऐतिहासिक तथा साँस्कृतिक सम्पदाकाे संरक्षण एवम् प्रवर्दनका लागि नेपाली सेनाले ३०४ औँ पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवस २०८२ को अवसरमा विशेष कार्यक्रम आयोजना गर्ने भएको छ ।

नेपाली सेनाको पूर्वी पृतना हे.क्वा. तथा नं २ बाहिनी अड्डाको संयोजनमा, धनकुटा स्थित भीमदल गण र सुनसरी स्थित भगवतीदल गणको पहलमा कार्यक्रम आयोजना हुन लागेको सेनाले जनाएको छ । उक्त कार्यक्रम धरान उपमहानगरपालिका, धनकुटा नगरपालिका, साँगुरीगढी गाउँपालिका र पाख्रीबास नगरपालिकाको विशेष सहयोगमा सञ्चालन गरिने आयेजकले जनाइएको छ।

पुस २७ गते ‘विजयपुरगढी–सांगुरिगढी दौड’ आयोजना गरिने छ भने, पुस २७ गतेदेखि ३० गतेसम्म‘विजयपुरगढी–सांगुरिगढी–पाख्रीबास निशान पदयात्रा’ आयोजना हुने कार्यक्रम तय गरिएको सेनानी पार्वती थापाले जानकारी दिनुभयो ।

ऐतिहासिक स्थल विजयपुरगढी, साँगुरीगढी र पाख्रीबास क्षेत्रको पहिचान, संरक्षण तथा प्रवर्द्धन गर्नुका साथै राष्ट्रिय एकता र देशभक्तिको सन्देश फैलाउने उद्देश्यले कार्यक्रम आयोजना गर्न लागिएको नेपाली सेनाले जनाएको छ। कार्यक्रममा सबैलाई सहभागी हुन सेनाले अनुरोध गरेको छ ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।

✖