नेवा मिसा दबू धनकुटा नगर समितिको प्रथम अधिवेशन सम्पन्न,अध्यक्षमा बिसिका श्रेष्ठ
धनकुटा । नेवा मिसा दबू धनकुटा नगर समितिको प्रथम अधिवेशन सम्पन्न भएको छ। अधिवेशनबाट बिसिका श्रेष्ठ अध्यक्षमा निर्विरोध निर्वाचित भएकी छिन।
अध्यक्षमा निर्वाचित भएपछि श्रेष्ठले आफ्नो जिम्मेवारीलाई गम्भीरतापूर्वक ग्रहण गर्दै सबैको विश्वासमा खरो उत्रिने प्रतिबद्धता व्यक्त गरिन । उहाँले नेतृत्व केवल पद नभई सेवा भएको उल्लेख गर्दै समाजको हितका लागि निःस्वार्थ रूपमा काम गर्ने बताइन ।
उनले नेवारी संस्कार, संस्कृति र परम्पराको संरक्षण गर्दै आगामी दिनमा अझ सशक्त र एकताबद्ध समुदाय निर्माण गर्ने प्रतिवद्धता व्यक्त गरिन ।
यसअघि संस्थाको अध्यक्षको जिम्मेवारी रुना प्रधानले सम्हाल्दै आउनु आएकी थिइन ।
नेवा मिसा दबू धनकुटा नगर समितिले नेवारी समुदायमा एकता, आपसी सम्मान र सद्भावलाई आत्मसात् गर्दै नेवारी संस्कार, संस्कृति तथा परम्पराको संरक्षणसँगै समुदायको समग्र विकासका लागि विभिन्न सामाजिक तथा सांस्कृतिक गतिविधिहरू गर्दै आएको छ।-खबरपालिकान्यूज


