उदयपुरमा १६ वर्षीया बालिका बलात्कृत, १५ वर्षीय बालकसहित दुई जना पक्राउ

​उदयपुर । उदयपुरको त्रियुगा नगरपालिकामा १६ वर्षीया एक किशोरीमाथि सामूहिक बलात्कार भएको घटना सार्वजनिक भएको छ। घटनामा संलग्न रहेको आरोपमा प्रहरीले एक नाबालकसहित दुई जनालाई पक्राउ गरेको छ भने एक जना अझै फरार रहेका छन्।

​उदयपुरका प्रहरी प्रमुख, प्रहरी उपरीक्षक (एसपी) राजन चापागाईंका अनुसार पक्राउ पर्नेहरूमा त्रियुगा नगरपालिका–१३ दनुवारी टोलका १५ वर्षीय बालक र १९ वर्षीय युवक रहेका छन्।

त्रियुगा नगरपालिकामा अस्थायी रूपमा बस्दै आएकी ती किशोरीलाई सामूहिक रूपमा करणी गरेको उजुरीका आधारमा उनीहरूलाई नियन्त्रणमा लिइएको हो।

​फरार रहेका किशोरको खोजीका लागि प्रहरी टोली परिचालन गरिएको छ। ​प्रहरीले पक्राउ परेकाहरूमाथि थप अनुसन्धान प्रक्रिया अगाडि बढाएको जनाएको छ।

धनकुटा खबर

धनकुटा खबर

( धनकुटा खबर डटकम धनकुटा जिल्लाकै पहिलो अनलाइन मिडिया हो । बिसं २०७३ सालबाट सुरु भइ सत्य,तथ्य र निष्पक्ष समाचार प्रकाशन गर्न धनकुटा खबर प्रतिबद्द छ ।)

More Posts - Website

Follow Me:Add me on XAdd me on FacebookAdd me on Instagram



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।