विराटनगरमा प्रथम कोशी एलाइट कप क्रिकेट प्रतियोगिता शुरु, उद्घाटन खेलमा मोरङ विजयी

विराटनगर । कोशी प्रादेशिक क्रिेकट संघ र नेपाल क्रिकेट फाउण्डेशनको आयोजनामा विराटनगरमा प्रथम कोशी एलाइट कप क्रिेकट प्रतियोगिता शुरु भएको छ ।

बुधबार भएको उद्घाटन भएको खेलमा मोरङले सुनसरीलाई १ सय ३३ रनको फराकिलो अन्तर पराजित गरि महत्वपूर्ण २ अंक जोडेको छ ।

टस जितेर ब्याटिङ गरेको मोरङले निर्धारित ५० ओभर ८ विकेट गुमाई २ सय २० रनको सम्मानजनक योगफल तयार पारेको थियो । मोरङका शाकिव हकले ४२ रन बनाउँदा कप्तान दिपेश कँडेलले अविजित ४१ रन, कृतिक कामतले ३७ रा, विशाल ढकालले २३ रन, अटल साहले २६ रन तथा आइस्टाइन रिजाल र फिर्दोस अन्सारीले १०–१० रनको योगदान दिए । सुनसरीका समिर तिम्सिनाले ३ विकेट लिँदा कविराज खत्रीले २ विकेट, रिजन पाण्डे र गौरभ कटवालले १–१ विकेट लिए ।

२ सय २१ रनको लक्ष्य पाएको सुनसरीले ३४ दशमलव २ बलमा सवै विकेट गुमाई ८७ रनमा सिमित भयो । सुनसरीका अफन ताहिरले २२ रन बनाउँदा कविराज खत्रीले १४ रन, आकास सर्राफले १३ रन र रितेश राँये १० रन बनाए । मोरङका दिपेश कँडेलले ५ विकेट लिँदा फिर्दोस अन्सराी र प्रेम कामतले २–२ विकेट लिए । दिपेशले ७ दशमलव २ बलमा १२ रन मात्र दिए । खेलको प्लेयर अफ म्याच मोरङका अलराउण्डर खेलाडी दिपेश कँडल घोषित भए ।

प्रतियोगितामा प्रधानमन्त्री कप क्रिकेटमा कोशी प्रदेशबाट उत्कृष्ट भएका तीन वटा झापा, मोरङ र सुनसरीको टिमको सहभागिता रहेका छन् । विहिबार झापा र मोरङ विच प्रतिस्पर्धा हुने छ ।

धनकुटा खबर

धनकुटा खबर

( धनकुटा खबर डटकम धनकुटा जिल्लाकै पहिलो अनलाइन मिडिया हो । बिसं २०७३ सालबाट सुरु भइ सत्य,तथ्य र निष्पक्ष समाचार प्रकाशन गर्न धनकुटा खबर प्रतिबद्द छ ।)

More Posts - Website

Follow Me:Add me on XAdd me on FacebookAdd me on Instagram



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।