धनकुटाको भिरगाउँमा पहिरो, पन्छाउने काम जारी(फोटो फिचर)
धनकुटा । धनकुटा नगरपालिका–२ भिरगाउँस्थित किन्ताङ जाने शाखा सडकमा झरेको पहिरो पन्छाउने काम भइरहेको छ।
पहिरोका कारण अवरुद्ध भएको सडकमा जेसीबी प्रयोग गरी पहिरो हटाउने कार्य भइरहेको हो।
सडक खुलाउन स्थानीय तथा सम्बन्धित निकायको समन्वयमा पहिरो पन्छाउने काम जारी रहेको जिल्ला प्रहरी कार्यालय धनकुटाले जनाइएको छ।




