जिप अनियन्त्रित भई सडकबाट १०० मिटर तल खस्दा २ जनाको मृत्यु, १२ जना घाइते

रुकुम पश्चिम । रुकुम पश्चिमको सानीभेरी गाउँपालिका–६ कोटगाउँमा जिप सडकबाट करिब १०० मिटर तल खस्दा दुई जनाको मृत्यु भएको छ भने १२ जना घाइते भएका छन्।

मृत्यु हुनेमा जिप चालक त्रिवेणी गाउँपालिका–१ रुघाका अन्दाजी २८ वर्षीय सुन्दर खड्का मगर र सानीभेरी गाउँपालिका–६ की अन्दाजी १६ वर्षीया प्रेमकला पुन रहेका छन्। दुवै जनाको जिल्ला अस्पताल सल्ले, रुकुम पश्चिममा उपचारका क्रममा बिहान १२ बजे मृत्यु भएको प्रहरीले जनाएको छ।

प्रहरीका अनुसार २०८३ भदौ २८ गते बिहान करिब ८ः४५ बजे कोटगाउँबाट सिम्लींतर्फ आउँदै गरेको लु.१ च. ६०२९ नम्बरको डबल क्याप बलेरो जिप सिम्ली–दुली जोड्ने भित्री सडकखण्डअन्तर्गत वडा कार्यालय नजिकैबाट करिब १०० मिटर तल खसेको थियो।

दुर्घटनाको खबर प्राप्त हुनासाथ प्रहरी चौकी सिम्लीबाट प्रहरी टोली घटनास्थलमा पुगेको थियो। त्यसपछि जिल्ला प्रहरी कार्यालयबाट समेत प्रहरी टोली परिचालन गरिएको थियो। प्रहरीले घाइतेमध्ये ११ जनालाई बिहान ९ः३० बजे जिल्ला अस्पताल सल्ले पठाएको थियो भने थप तीन जनालाई बिहान ९ः५० बजे सानीभेरी गाउँपालिकास्थित अस्पताल छोटेबगर पठाइएको थियो।

घाइतेमध्ये गम्भीर अवस्थाका चार जनामध्ये दुई जनालाई थप उपचारका लागि नेपाली सेनाको हेलिकोप्टरमार्फत सुर्खेतस्थित कर्णाली प्रदेश अस्पताल, कालागाउँ रिफर गरिएको छ। बाँकी दुई गम्भीर घाइतेलाई पनि थप उपचारका लागि पठाउने तयारी भइरहेको प्रहरीले जनाएको छ।

घाइतेको अवस्था

* बलबहादुर पुन, ३८ वर्ष — मध्यम, सुर्खेत रिफर।
* कौशिला पुन मगर, ५० वर्ष — मध्यम, छोटेबगर अस्पतालमा उपचाररत।
* अन्जना पुन, २० वर्ष — गम्भीर, छोटेबगर अस्पतालमा उपचाररत।
* बृमि खत्री, ५० वर्ष — मध्यम, छोटेबगर अस्पतालमा उपचाररत।
* बिबिशा पुन मगर, १५ वर्ष — मध्यम, छोटेबगर अस्पतालमा उपचाररत।
* खिमला पुन, १५ वर्ष — मध्यम, छोटेबगर अस्पतालमा उपचाररत।
* विशाल विक, अन्दाजी १५ वर्ष — गम्भीर, छोटेबगर अस्पतालमा उपचाररत।
* शिसिर पुन मगर, अन्दाजी ९ वर्ष — मध्यम, छोटेबगर अस्पतालमा उपचाररत।
* रमेश कुसारी, अन्दाजी १० वर्ष — सामान्य, छोटेबगर अस्पतालमा उपचाररत।
* पूर्णबहादुर जैसी, १५ वर्ष — मध्यम, सुर्खेत रिफर।
* रिता पुन मगर, २० वर्ष — मध्यम, छोटेबगर अस्पतालमा उपचाररत।
* ज्ञानु पुन मगर, अन्दाजी १७ वर्ष — गम्भीर, छोटेबगर अस्पतालमा उपचाररत।

दुर्घटनाको कारणबारे प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ।

धनकुटा खबर

धनकुटा खबर

( धनकुटा खबर डटकम धनकुटा जिल्लाकै पहिलो अनलाइन मिडिया हो । बिसं २०७३ सालबाट सुरु भइ सत्य,तथ्य र निष्पक्ष समाचार प्रकाशन गर्न धनकुटा खबर प्रतिबद्द छ ।)

More Posts - Website

Follow Me:Add me on XAdd me on FacebookAdd me on Instagram



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।