काठमाडौंतर्फ जाँदै गरेको माइक्रो दुलेगौंडा नजिकै सडकमै पल्टिएपछि
पोखरा । पोखराबाट काठमाडौंतर्फ जाँदै गरेको माइक्रो दुलेगौंडा नजिकै सडकमै पल्टिएको छ।
तनहुँको शुक्लागण्डकी नगरपालिका–४ गाछेपानीमा बा ३ ख ९००४ नम्बरको माइक्रो दुर्घटनामा परेको हो।
दुर्घटनामा केही यात्रु सामान्य घाइते भए पनि मानवीय क्षति भने भएको छैन। स्थानीयवासीले तत्काल घ’टनास्थलमा पुगेर माइक्रोमा सवार यात्रुको उद्धार गरेका थिए।
चार लेनमा स्तरोन्नति गरिएको पृथ्वी राजमार्गको आँबुखैरेनी–पोखरा खण्डमा तीव्र गतिका कारण पछिल्लो समय दैनिकजसो दु’र्घटनाका घटना बढ्दै गएको स्थानीयले बताएका छन्।


