प्रथम कोशी एलाइट कप क्रिकेट प्रतियोगिताको उपाधि मोरङलाई

विराटनगर । कोशी प्रादेशिक क्रिेकट संघ र नेपाल क्रिकेट फाउण्डेशनको आयोजनामा विराटनगरको मेरिलेवन ज्वाला क्रिकेट मैदानमा भएको प्रथम कोशी एलाइट कप क्रिेकट प्रतियोगिताको उपाधि मोरङले जितेको छ ।

शनिबार भएको फाइनल खेलमा झापालाई २७ रनले पराजित गर्दै मोरङले उपाधि जितेको हो ।

टस हारेर ब्याटिङ गरेको मोरङले निर्धारित ४३ ओभरको खेलमा ४२ दशमलव ४ बलमा सवै विकेट गुमाई १ सय ७४ रनको योगफल तयार पारेको थियो । मोरङका कृतिक कामतले ३४ रन बनाउँ दा प्रतिक पोखरेलले २६ रन, शाकिव हकले २४ रन, कप्तान दिपेश कक्डेलले १९ रन, प्रेम कामतले अविजित १३ रन र आइस्टाइन रिजालले १० रनको योगदान दिए । झापाका आयुस न्योपानेले ३ विकेट लिँदा कप्तान सुजन थपलिया, सौजनप्रसाद घिमिरे र विपिन महतो २–२ विकेट लिए ।

१ सय ७५ रनको लक्ष्य पाएको झापाले पुरै ओभर खेल्दै ९ विकेट गुमाई १ सय ४७ रन मात्र बनाउँन सक्यो । झापाका आसिक राना मगरले ४३ रन जोड्दा फैजल रहमानले २२ रन, आयुस न्योपानेले ११ रन, दिपु भुलेल र भुपाल दंगालले १०–१० रन बनाए । मोरङका फिर्दोस अन्सरीले ३ विकेट लिँदा क्पतान दिपेश कँडेल र प्रेम कामतले २–२ विकेट लिए ।

फाइनल खेलको प्लेय् अफ फाइनल मोरङ कप्तान दिपेश कँडेल घोषित भए । उत्कृष्ट ब्इाटर मोरङका कृर्तिक कामत घोषित भए भने उत्कृष्ट बलर मोरङकै प्रेम कामत भए । त्यस्तै प्लेयर अफ द सिरिज मोरङकै कप्तान दिपेश कँडेल भए ।

विजयी तथा अन्य खेलाडीलाई कोशी प्रदेशका पर्यटन,वन तथा वातावरण मन्त्री भीम पराजुली, कोशी प्रदेश क्रिकेट सँघका अध्यक्ष सर्वजितराज पाण्डे र मोरङ जिल्ला क्रिकेट सँघका अध्यक्ष महमद साद बाबुलगायतले पुरस्कार तथा प्रमाण पत्र वितरण गरे ।

धनकुटा खबर

धनकुटा खबर

( धनकुटा खबर डटकम धनकुटा जिल्लाकै पहिलो अनलाइन मिडिया हो । बिसं २०७३ सालबाट सुरु भइ सत्य,तथ्य र निष्पक्ष समाचार प्रकाशन गर्न धनकुटा खबर प्रतिबद्द छ ।)

More Posts - Website

Follow Me:Add me on XAdd me on FacebookAdd me on Instagram



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।