बालेन साहको चुनावी अभियानका क्रममा अछाममा अचेत भएका सञ्चारकर्मी सिटौलाको निधन
काठमाडौ । बालेन साहको चुनावी अभियानका क्रममा अछाममा अचेत भएका सञ्चारकर्मी (युट्युबर) दिनेश सिटौलाको निधन भएको छ । काठमाडौंको ग्राण्डी अस्पतालमा उपचारको क्रममा उनको आज मृत्यु भएको हो ।
उनको मृत्युको खबरसँगै अस्पताल पुगेका परिवारका सदस्यहरुले पोष्टमार्टम नगर्ने निर्णय गरेका छन् । शव अन्तिम श्रद्धाञ्जलीका लागि चलचित्र विकास बोर्ड लाने तयारी भइरहेको छ । त्यहाँबाट दाहसंस्कारका लागि पशुपति आर्यघाट लगिनेछ ।
चुनावी अभियानका लागि बालेनसँगै काठमाडौंबाट सुदूरपश्चिम पुगेका ४४ वर्षीय सिटौला अस्ति बिहान एकाएक बेहोस भएका थिए ।
त्यसपछि नेपाली सेनाको हेलिकप्टर र स्काई ट्रकमा काठमाडौं ल्याइएका उनको अवस्थाबारे अस्पतालले कुनै प्रतिक्रिया दिएको थिएन ।


