खोलामा अर्धनग्न अवस्थामा अन्दाजी २५ वर्षीया युवतीको शव फेला
कञ्चनपुर । कञ्चनपुरको भीमदत्त नगरपालिका–१० तिल्केनीस्थित शान्ती सामुदायिक वनभित्रको बंग्यादोल खोलामा अर्धनग्न अवस्थामा युवतीको शव फेला परेको छ।
पहिचान नखुलेकी अन्दाजी २५ वर्षीया युवतीको शव भेटिएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ।
प्रहरी निरीक्षक वीरेन्द्र थापाका अनुसार मुचुल्का गरी शव घटनास्थलबाट उठाएर महाकाली प्रादेशिक अस्पतालमा राखिएको छ भने घटनाबारे थप अनुसन्धान भइरहेको छ।


