चेतना संरक्षण प्रतिष्ठानद्वारा विभिन्न्न पुरस्कार घोषणा

विराटनगर । नेपाली भाषा, साहित्य, कला र संस्कृतिको क्षेत्रमा सक्रिय चेतना संरक्षण प्रतिष्ठान नेपालले विभिन्न पुरस्कारको घोषणा गरेको छ ।

प्रतिष्ठानकी अध्यक्ष गंगा सुवेदीको अध्यक्षतामा बसेको बैठकले साहित्य, कला, समाजसेवा, पत्रकारिता, युवा प्रतिभा तथा बालप्रतिभालगायत विभिन्न्न क्षेत्रका ९ वटा पुरस्कार घोषणा गरेको हो ।

घोषित पुरस्कारअनुसार अन्जु कार्कीद्वारा स्थापित दुई लाख रुपैयाँ राशिसहितको जगतबन्धु–अन्जु कार्की चेतना विशेष सम्मान कलाश्री विनोद खनाल (बटियामारी, आसाम) लाई प्रदान गरिनेछ ।

त्यसैगरी हरिभक्त, खगेन्द्र र दिनेश सिटौलाद्वारा आफ्ना बुवा–आमाको सम्झनामा स्थापित एक लाख रुपैयाँ राशिको धर्मानन्द–रामप्यारी सिटौला साहित्य चेतना सम्मान साहित्यकार डा. राजेन्द्र विमल (जनकपुर) लाई समर्पण गरिने भएको छ ।

ललितकला क्षेत्रमा योगदान पु¥याएका कलाकार मुकेश मल्ल (काठमाडौं) ले गंगा सुवेदीद्वारा स्थापित ५१ हजार रुपैयाँ राशिको भूपेन्द्रप्रसाद–शोभा रिजाल ललितकला चेतना सम्मान प्राप्त गर्नेछन् ।

समाजसेवातर्फ, समाजसेवी दीनबन्धु गोयलद्वारा आफ्ना दाजुको सम्झनामा स्थापित ५१ हजार रुपैयाँसहितको ओमप्रकाश गोयल समाजसेवा सम्मान सामाजिक अभियन्ता डा. ओममूर्ति अनिल (महोत्तरी) लाई प्रदान गरिने अध्यक्ष सुवेदीले जानकारी दिइन् ।

धार्मिक तथा मानवीय सेवाका क्षेत्रमा क्रियाशील परमार्थ सिंघिया आरती तथा धार्मिक जागरण, विराटनगर (मोरङ) लाई समाजसेवी देवेनरा मुन्दडा
परिवारद्वारा स्थापित बालकिशन–नर्वदादेवी सनातन मानवीय धर्म–संस्कृति सम्मान प्रदान गरिने प्रतिष्ठानले जनाएको छ ।

सरला चापागाईंले आफ्ना तथा सासु–ससुराको नाममा स्थापना गरेको ५१ हजार रुपैयाँ राशिको डा. नरेन्द्र–भवानीशंकर–योगमाया चापागाईं युवाप्रतिभा चेतना सम्मान युवाप्रतिभा एन्जिला तुम्बापो सुब्बालाई समर्पण गरिनेछ ।

दिनेश सुवेदीद्वारा आफ्नो भाइको सम्झनामा स्थापित ५१ हजार रुपैयाँ राशिको नरेश सुवेदी पत्रकारिता चेतना सम्मान वरिष्ठ पत्रकार मातृका पौडेल (रामेछाप) लाई प्रदान गरिने भएको छ ।

त्यसैगरी मञ्जु सत्यालद्वारा स्थापित २१ हजार रुपैयाँ राशिको केदारनाथ–मञ्जु सत्याल बालप्रतिभा चेतना सम्मान मोरङका बालप्रतिभा बबिता राजवंशी र मिसराना खातुनलाई संयुक्त रूपमा प्रदान गर्ने निर्णय भएको अध्यक्ष सुवेदीले बताइन् ।

प्रतिष्ठानले मासिक कार्यक्रमका साथै चेतना सन्देश पत्रिकासमेत प्रकाशित गर्दै आएको छ । घोषित पुरस्कार यही माघ २४ गते शनिबार विराटनगरमा विशेष समारोहका बीच समर्पण गरिने प्रतिष्ठानले जनाएको छ । वार्षिकोत्सव समारोहले स्रष्टा, साधक तथा समाजसेवीहरूको योगदानलाई उजागर गर्दै सिर्जनशील र मानवीय मूल्य प्रवद्र्धनमा थप प्रेरणा दिने अध्यक्ष सुवेदीले विश्वास व्यक्त गरिन् ।

धनकुटा खबर

धनकुटा खबर

( धनकुटा खबर डटकम धनकुटा जिल्लाकै पहिलो अनलाइन मिडिया हो । बिसं २०७३ सालबाट सुरु भइ सत्य,तथ्य र निष्पक्ष समाचार प्रकाशन गर्न धनकुटा खबर प्रतिबद्द छ ।)

More Posts - Website

Follow Me:Add me on XAdd me on FacebookAdd me on Instagram



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।