झापा ५ को सुरक्षा व्यवस्था कडा

झापा , माघ १८ गते । जिल्ला प्रहरी कार्यालय झापाका प्रमुख बसुन्धरा खड्काले सुरक्षाको चिन्ता नगर्न आग्रह गर्नुभएको छ । उम्मेदवार तथा उम्मेदवारसँग सम्बन्धित पार्टीको जो सुकैलाई सुरक्षा खतरा वा चिन्ता भएमा ढुक्कका साथ भन्न आग्रह गर्दै सुरक्षामा कमी हुन नदिने जनाउँदै उहाँले यस्तो बताउनुभएको हो ।

झापा क्षेत्र नं. ५ मा विशेष प्रहरी टोली पनि परिचालन भइसकेको खड्काले जानकारी दिनुभएको छ । झापाको दमकमा भएको छलफलमा राजनीतिक दलहरूले हिजो आफूहरूको घर जलाउने र सरकारी कार्यालयहरू जलाउने अहिले निर्वाचन अभियानमा हिँडिरहेको जनाउँदै आफूहरूलाई खतरा हुनसक्ने बताएका थिए ।

घरदैलो तथा चुनावी अभियानमा असुरक्षा हुने गतिविधि र सामाजिक सञ्जालहरूमा धम्किपूर्ण आशयका अभिव्यक्ति आइरहेको भन्दै सुरक्षाको विषयमा चिन्ता प्रकट भएको पाएपछि खड्काले सुरक्षाको विषयमा निश्चिन्त हुनका लागि आग्रह गर्नुभयो । भरपर्दो सुरक्षा व्यवस्था मिलाएकाले निश्चिन्त हुन उहाँको आग्रह छ ।

खड्काले एकीकृत सुरक्षा योजना अनुसार जिल्लाभर सुरक्षा व्यवस्था कडा पारिएको र झापा ५ अहिले सबैको ध्यान खिच्ने क्षेत्र भएकाले यहाँको सुरक्षा व्यवस्थालाई झनै महत्त्व दिइएको स्पष्ट पार्नुभयो। विगतका दिनभन्दा निर्वाचन नजिक हुँदै जाँदा सुरक्षाकर्मीहरूको सडकमा बाक्लो उपस्थिति देख्दै हुनुहुन्छ, उहाँले भन्नुभयो ।

विशेष गरेर क्षेत्र नं. ५ मा सबैको चासो रहेको जनाउँदै सुरक्षामा कुनै पनि प्रकारको कमी आउन नदिने उहाँले प्रतिबद्धता व्यक्त गर्नुभयो । प्रहरीको एकल प्रयासले मात्र भयरहित अवस्थामा निर्वाचन सम्भव नभएकाले यसमा सबैको भूमिका महत्त्वपूर्ण हुनेमा उहाँको जोड रहेको थियो ।

नेकपा एमालेका अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपी शर्मा ओली, रास्वपाका वरिष्ठ नेता एवं काठमाडौँ महानगरका निवर्तमान प्रमुख बालेन्द्र शाह, नेपाली कांग्रेसकी नेतृ बसुन्धरा पौड्याल, नेकपाका नेता रञ्जित तामाङ र राप्रपाका लक्ष्मी संग्रौला लगायतका उम्मेद्वारहरू चुनावी अभियानमा रहेका छन् ।

धनकुटा खबर

धनकुटा खबर

( धनकुटा खबर डटकम धनकुटा जिल्लाकै पहिलो अनलाइन मिडिया हो । बिसं २०७३ सालबाट सुरु भइ सत्य,तथ्य र निष्पक्ष समाचार प्रकाशन गर्न धनकुटा खबर प्रतिबद्द छ ।)

More Posts - Website

Follow Me:Add me on XAdd me on FacebookAdd me on Instagram



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।