नेपाली सेनासँग प्रहरीले माग्यो पेस्तोल सापटी

काठमाडौं । प्रतिनिधि सभा निर्वाचनको सुरक्षा सुनिश्चित गर्न नेपाल प्रहरीले नेपाली सेनासँग साना हतियार ९पेस्तोल सापटी मागेको छ। आफ्ना मौज्दात हतियार पर्याप्त नपुगेकाले यस पटक पनि सेनासँग सहकार्यको प्रस्ताव गरिएको हो।

प्रहरी प्रधान कार्यालयका एक अधिकृतले हतियार सापटी मागिएको पुष्टि गरे पनि औपचारिक रूपमा संख्या खुलाएका छैनन्। आन्तरिक स्रोतका अनुसार करिब तीन हजार पेस्तोल मागिएको बताइएको छ।

अघिल्ला निर्वाचनमा पनि नेपाल प्रहरीले सेनाबाट सापटी हतियार लिएर परिचालन गर्दै आएको छ। विगतमा केही हतियार लुटपाट वा क्षतिग्रस्त भएका कारण यसपटक सापटी माग आवश्यक भएको प्रहरी स्रोतले जानकारी दिएका छन्।

निर्वाचनको सुरक्षाका लागि आवश्यक सबै तयारी समयमै पूरा गरिने र शान्तिपूर्ण निर्वाचन सुनिश्चित गर्न उच्च सतर्कता अपनाइनेछ।

धनकुटा खबर

धनकुटा खबर

( धनकुटा खबर डटकम धनकुटा जिल्लाकै पहिलो अनलाइन मिडिया हो । बिसं २०७३ सालबाट सुरु भइ सत्य,तथ्य र निष्पक्ष समाचार प्रकाशन गर्न धनकुटा खबर प्रतिबद्द छ ।)

More Posts - Website

Follow Me:Add me on XAdd me on FacebookAdd me on Instagram



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।