सत्ताको भागबन्डामा सहभागी हुन चाहन्नँ : प्रचण्ड

काठमाडौं। नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष तथा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहालले आफूलाई अब सत्ताको लोभ नभएको बताएका छन्। आइतबार एक भिडिओ सन्देश जारी गर्दै उनले सन्तान, जीनवसंगिनी र सहयोद्धाहरु गुमाएपछि आफूलाई अब सत्ताको लोभ नभएको बताएका छन्।

उनले भनेका छन्,‘सन्तान, जीवनसंगिनी र सहयोद्धाहरु गुमाएपछि मलाई अब सत्ताको लोभ छैन। मेरो बाँकी जीवन शहीदका सपना र यो नयाँ पुस्ताको भविष्यका लागि मात्र समर्पित छ।’

दाहालले आफ्नो जीवनमा एउटा मान्छेले जे-जति गुमाउन सक्छ त्यो सबै गुमाएको पनि स्मरण गराएका छन्। आफूले गरेको संघर्ष व्यक्तिगत नभएर हजारौं शहीदहरुको सपना पूरा गर्ने यात्रा भएकोले परिवर्तन गराएरै छोड्ने पनि दाहालको दाबी छ।

दाहालले आफू हार मान्न तयार नरहेको दोहोर्‍याए। उनले भने,‘म हार मान्न तयार छैन। काम सकिएको छैन। नयाँ पुस्तालाई स्वागत गर्छौं। हरेक चम्किलो चिज हिरा हुँदैन, सामाजिक सञ्जालका भ्रमले बहकाउन सक्छ, म स्वतन्त्र चिन्तनका लागि अपिल गर्न आएको छु, भोट माग्न होइन।’

युवाहरूले माग गरेको भ्रष्टाचारको अन्त्य, पारदर्शीता र बलियो सरकार युद्धका दिनदेखि नै आफूले उठाउँदै आएको उनले बताएका छन्। राजनीतिक स्थिरता र विकासका लागि प्रत्यक्ष निर्वाचित कार्यकारी प्रमुखको व्यवस्था हुनुपर्नेमा उनको जोड छ।

‘यो संसदीय खेल र कुर्सीको तानातानले देशलाई कति पछाडि धकेल्यो, त्यो हामी सबैले देखेका छौँ, भोगेका छौँ। त्यसैले म भन्छु, मेरो माग र तपाईँहरूको माग एउटै हो। म तपाईँहरूकै पुस्ताको सोच बोकेर हिँडेको यात्री हुँ ।’

धनकुटा खबर

धनकुटा खबर

( धनकुटा खबर डटकम धनकुटा जिल्लाकै पहिलो अनलाइन मिडिया हो । बिसं २०७३ सालबाट सुरु भइ सत्य,तथ्य र निष्पक्ष समाचार प्रकाशन गर्न धनकुटा खबर प्रतिबद्द छ ।)

More Posts - Website

Follow Me:Add me on XAdd me on FacebookAdd me on Instagram



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।