लेटाङबाट चोरीको मोटरसाइकलसहित एकजना पक्राउ
मोरंग । मोरङको कानेपोखरी–५ बाट माघ १६ गते चोरी भएको मोटरसाइकलसहित लेटाङ नगरपालिका–८ जाँतेबाट एक जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ।
पक्राउ पर्ने लेटाङ–८ का अमृत अधिकारी रहेको र घटनाबारे थप अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालयले जनाएको छ।

