जबरजस्ती करणी मुद्दाका फरार प्रतिवादी लेटाङबाट पक्राउ
लेटाङ,१९ माघ । इलाका प्रहरी कार्यालय, लेटाङबाट केही दिनदेखि खटिएको प्रहरी टोलीले गोप्य खोजतलासका क्रममा आज माघ१८ गते बिहान लेटाङ नगरपालिका वडा नं. ४ स्थित गङ्गे चोकबाट जबरजस्ती करणी मुद्दाका फरार प्रतिवादीलाई पक्राउ गरेको छ।
प्रहरीका अनुसार कानुनबमोजिम नियन्त्रणमा लिइएका प्रतिवादी राजन कार्कीलाई फैसला कार्यान्वयनका लागि सम्मानित मोरङ जिल्ला अदालत पठाइएको छ।
पक्राउ पर्ने कार्की जिल्ला मोरङ, लेटाङ नगरपालिका वडा नं. ५ का स्थायी बासिन्दा रहेको प्रहरीले जनाएको छ।


