झापाको बिर्तामोडमा ‘उम्मेदवारलाई प्रवेश निषेध’ !

झापा । झापाको बिर्तामोड बसपार्क क्षेत्रमा रहेको ५१ बिगाहा क्षेत्रका स्थानीय बासिन्दाले आफ्नो ठाउँमा उम्मेदवारलाई प्रवेश गर्न नदिने अभियान चलाएका छन् । मालपोत कार्यालयले यहाँको जग्गा रोक्का गरिदिएको विरोधमा उनीहरूले यस्तो अभियान सुरु गरेका हुन् ।

यहाँका स्थानीयले आगामी निर्वाचनमा कुनै पनि राजनीतिक दलका उम्मेदवारलाई आफ्नो क्षेत्रमा प्रवेश गर्न नदिने र राजनीतिक गतिविधि गर्न नदिने घोषणा गरेका छन्। उनीहरूले आफ्नो क्षेत्रमा चुनाबी गतिविधि निषेध गरिएको जानकारी दिन बसपार्कको चारै दिशामा ब्यानर टाँगेका छन् ।

वास्तवमा पहिले यहाँ गिरीबन्धु टी इस्टेटअन्तर्गत चिया बगान थियो । पछि चिया बगान अन्यत्र स्थानान्तर गरेर उक्त ५१ बिघा क्षेत्रफललाई व्यावसायिक प्लटिङ गरिएको थियो । २०६२ सालदेखि घडेरीका रूपमा बिक्री थालिएको उक्त क्षेत्रफल अहिले पूर्ण रूपमा व्यावसायिक तथा आवासीय क्षेत्रको रूपमा परिणत भएको छ ।

२ वर्षअघि सर्वोच्च अदालतले गिरिबन्धु टी स्टेटको जग्गा सट्टापट्टा गर्न दिने सरकारको निर्णय रोक लगाएको थियो । सर्वोच्चले रोक लगाएको निर्णय केपी ओली सरकारले २०७८ सालको बैशाखमा गरेको थियो । तर, ५१ बिगाह क्षेत्रजो जग्गा पनि धेरै वर्ष पहिले गिरिबन्धुकै भएको आधारमा टेकेर मालपोत कार्यालयले सर्वोच्चको आदेशअनुसार भन्दै यहाँको सबै जग्गा रोक्का गरेको छ ।

मालपोतले जग्गा रोक्का गरिदिँदा यहाँका करिब १० हजार नागरिक प्रत्यक्ष प्रभावित भएका छन्। बिर्तामोड बसपार्क क्षेत्रको ५१ बिघा जग्गामा पछिल्लो १५ वर्षमा ६ सयभन्दा बढी पक्की घर, शैक्षिक संस्था र व्यापारिक संरचनाहरू निर्माण भएका छन्। अन्तर्राष्ट्रिय सहयोगमा बनेका पूर्वाधारहरू समेत रहेको यस क्षेत्रको जग्गा रोक्का हुँदा स्थानीयले बैंकबाट ऋण लिन, व्यवसाय सञ्चालन गर्न र किनबेच गर्न पाएका छैनन्।

धनकुटा खबर

धनकुटा खबर

( धनकुटा खबर डटकम धनकुटा जिल्लाकै पहिलो अनलाइन मिडिया हो । बिसं २०७३ सालबाट सुरु भइ सत्य,तथ्य र निष्पक्ष समाचार प्रकाशन गर्न धनकुटा खबर प्रतिबद्द छ ।)

More Posts - Website

Follow Me:Add me on XAdd me on FacebookAdd me on Instagram



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।