पाँचथरमा सवारी दुर्घटना, प्रधानाध्यापक गम्भीर घाइते
पांचथर । विद्यालय जाने क्रममा आज माघ १९ गते बिहान पाँचथरको फेमे खोलामा मोटरसाइकल र ट्र्याक्टर ठोक्किँदा नेपाल राष्ट्रिय शिक्षक संगठन पाँचथर जिल्ला समिति सचिवालय सदस्य तथा श्री कस्तुरी आधारभूत विद्यालय, फिदिम–१२ का प्रधानाध्यापक दमन ढुङ्गाना गम्भीर घाइते भएका छन्।
दुर्घटनापछि उहाँलाई थप उपचारका लागि बीएण्डसी अस्पताल, बिर्तामोड (झापा) लगिँदै गरिएको छ।
मोटरसाइकलमा सवार उहाँकी धर्मपत्नी तथा कालिका माध्यमिक विद्यालय, फिनपा–११ मा कार्यरत शिक्षिका लिला उप्रेती सामान्य घाइते भएको जनाइएको छ।


