झापा गाउँपालिकामा मोटरसाइकलको ठक्करबाट गम्भीर घाइते भएका एक वृद्धको उपचारका क्रममा मृत्यु

झापा । झापा गाउँपालिकामा मोटरसाइकलको ठक्करबाट गम्भीर घाइते भएका एक वृद्धको उपचारका क्रममा मृत्यु भएको छ। झापा गाउँपालिका वडा नं. २ सडकबारी निवासी ७१ वर्षीय गणेश कुमार भण्डारीको मृत्यु भएको हो।

गत पुस १६ गते अपराह्न ४:३५ बजेको समयमा हुलाकी सडकखण्डमा पर्ने सडकबारीमा हुलकाी सडकखण्डमा गौरीगञ्जबाट झापाबजारतर्फ आउँदै गरेको प्र १-०२-०५४ प ९३९३ नम्बरको मोटरसाइकलले विपरीत दिशाबाट जाँदै गरेको साइकललाई ठक्कर दिएको थियो।

​दुर्घटनामा परी गम्भीर घाइते हुनुभएका भण्डारीको विर्तामोडस्थित बीएण्डसी अस्पतालमा उपचार भइरहेको थियो। उपचारकै क्रममा उहाँको माघ १९ गते बिहान ७:१५ बजे निधन भएको प्रहरीले जनाएको छ।

घटनामा संलग्न मोटरसाइकल र त्यसका चालक मोरङको विराटनगर उपमहानगरपालिका-१४ बस्ने २८ वर्षीय हेमन्त कुमारलाई प्रहरीले नियन्त्रणमा लिएको छ।

​प्रहरीले घटनाका सम्बन्धमा आवश्यक अनुसन्धान अगाडि बढाएको छ। मृतक भण्डारीको शवलाई कानुनी प्रक्रिया पूरा गरी सोही दिन दिउँसो १:१५ बजे पोस्टमार्टमका लागि भद्रपुरस्थित प्रादेशिक अस्पताल पठाइएको जिल्ला प्रहरी कार्यालयले जानकारी दिएको छ।

धनकुटा खबर

धनकुटा खबर

( धनकुटा खबर डटकम धनकुटा जिल्लाकै पहिलो अनलाइन मिडिया हो । बिसं २०७३ सालबाट सुरु भइ सत्य,तथ्य र निष्पक्ष समाचार प्रकाशन गर्न धनकुटा खबर प्रतिबद्द छ ।)

More Posts - Website

Follow Me:Add me on XAdd me on FacebookAdd me on Instagram



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।