ओखलढुंगामा एमालेका २ वडाध्यक्ष सहित दर्जनौं स्थानीय नेता कार्यकर्ता नेपाली कम्युनिष्ट पार्टीमा समायोजन
ओखलढुंगा । नेकपा एमालेबाट ओखलढुंगाको मोलुङ गाउँपालिकाका दुई वडाध्यक्षसहित दर्जनौं प्रभावशाली नेता तथा कार्यकर्ताहरू नेपाली कम्युनिष्ट पार्टीमा समायोजन भएका छन् ।
नेपाली कम्युनिष्ट पार्टीमा समाहित हुनेहरूमा एमाले जिल्ला लेखा आयोगका अध्यक्ष मोहन ढकाल, मोलुङ गाउँपालिका वडा नम्बर १ का वडा अध्यक्ष कमलबहादुर बानियाँ र वडा नम्बर ६ का वडा अध्यक्ष कमल तामाङ रहनुभएको छ ।
यस्तै, मोलुङ गाउँ कार्यपालिका सदस्यहरू भक्तबहादुर सुनुवार र धिरज नौभाज, एमाले जिल्ला कमिटी सदस्यद्वय सन्जय खत्री र सुमन दाहालले पनि समायोजन प्रक्रियामा सहभागी हुनुभएको छ । मोलुङ गाउँपालिका अध्यक्ष तोयानाथ काफ्ले पनि नेपाली कम्युनिष्ट पार्टीमा समायोजन हुनुभएको छ ।
नेपाली कम्युनिष्ट पार्टीको रामपुरमा भएको पालिकास्तरीय भेटघाट कार्यक्रममा काफ्लेको नेतृत्वमा दर्जनौं सक्रिय नेता तथा कार्यकर्ताहरू एकसाथ नेपाली कम्युनिष्ट पार्टीमा समायोजन भएको पार्टीका ओखलढुंगाको निर्वाचन परिचालन कमिटी संयोजक बाबुराम गौतमले जानकारी दिनुभयो ।


