ट्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु,एक घाइते

धनगढी । कैलालीमा ट्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने अर्का एक जना घाइते भएका छन् ।

मंगलबार टिकापुर नगरपालिका–७ को प्रतिपुरस्थित हुलाकी सडकखण्डमा टिकापुरबाट भजनीतर्फ जाँदै गरेको भे १ त ४५५६ नम्बरको सरिया लोड गरेको ट्याक्टर अनियन्त्रित भएर दुर्घटना भएको प्रहरीले जनाएको छ ।

दुर्घटनामा ट्रालीमा सवार भजनी नगरपालिका–७ चर्रा बस्ने २५ वर्षीय कबिर कठरिया गम्भीर घाइते भएका थिए । उनलाई उपचारका लागि टिकापुर अस्पताल लगिएकोमा उपचारकै क्रममा राति चिकित्सकले मृत घोषणा गरेका थिए ।

दुर्घटनामा सोही ठाउँका ३४ वर्षीय पंकज कठरिया घाइते भएका छन् । उनलाई थप उपचारका लागि नेपालगञ्जस्थित नर्सिङ होममा रिफर गरिएको छ ।

ट्याक्टर चालक २७ वर्षीय सहिराज अली फरार रहेकाले प्रहरीले खोजी कार्य जारी राखेको छ । दुर्घटनाको कारण भने खुल्न नसकेको प्रहरीले जनाएको छ ।

धनकुटा खबर

धनकुटा खबर

( धनकुटा खबर डटकम धनकुटा जिल्लाकै पहिलो अनलाइन मिडिया हो । बिसं २०७३ सालबाट सुरु भइ सत्य,तथ्य र निष्पक्ष समाचार प्रकाशन गर्न धनकुटा खबर प्रतिबद्द छ ।)

More Posts - Website

Follow Me:Add me on XAdd me on FacebookAdd me on Instagram



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।