झापाको गौरादहमा ट्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु,११ घाइते

झापा । झापाको गौरादह नगरपालिका–४ स्थित रामचन्द्रे खोलाको पुलमा आइतबार साँझ ट्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने अन्य ११ जना घाइते भएका छन्।

गौरादहबाट स्कुलचतर्फ जाँदै गरेको प्र.१–०१–००१ त ९७२० नम्बरको ट्याक्टर अनियन्त्रित भई पुलबाट खोलामा खसेको थियो। दुर्घटनामा परी मोरङको रतुवामाई नगरपालिका–८ की ३८ वर्षीया स्वस्तिका मर्डीको ज्यान गएको छ। दुर्घटना लगत्तै उपचारका लागि दमकस्थित निम्स अस्पताल पुर्‍याइएकी मर्डीलाई चिकित्सकले साँझ ७:५५ बजे मृत घोषणा गरेका थिए। मृतकको शव अहिले सोही अस्पतालमा राखिएको छ।

​दुर्घटनामा परेर अन्य ११ जना घाइते भएका छन्, जसमध्ये रतुवामाई–८ की ५० वर्षीया मुनीमती सतारको टाउको र चिउँडोमा चोट लागेको छ र उनको अवस्था मध्यम रहेको छ। अन्य घाइते हुनेहरूमा रतुवामाई–५ की १५ वर्षीया सन्तोषी किस्कु, ६० वर्षीय एतोबार मुर्मु, २३ वर्षीया बिनिता मर्डी, २० वर्षीया सरिता मर्डी र उनका ३ वर्षीय छोरा गंगाराम मर्डी रहेका छन्। त्यसैगरी ८ वर्षीया मेलिना मर्डी, सुनवर्षी नगरपालिका–२ की ३० वर्षीया शिला मर्डी, शिवसताक्षी–९ का १७ वर्षीय विजय वास्की, २६ वर्षीया मिना मर्डी र १२ वर्षीया सम्झना मर्डी पनि घाइते भएका छन्। घाइते सबैको निम्स अस्पताल दमकमा उपचार भइरहेको छ।

​घटनाको जानकारी पाउनासाथ प्रहरी चौकी महारानीझोडा र इलाका प्रहरी कार्यालय दमकबाट खटिएको टोलीले उद्धार कार्य गरेको थियो। प्रहरीले ट्याक्टर चालक मोरङ रतुवामाई–५ बस्ने २५ वर्षीय चमलाल मुर्मुलाई नियन्त्रणमा लिएको छ।

दुर्घटनाग्रस्त ट्याक्टर अझै घटनास्थलमै रहेको र घटनाका सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

धनकुटा खबर

धनकुटा खबर

( धनकुटा खबर डटकम धनकुटा जिल्लाकै पहिलो अनलाइन मिडिया हो । बिसं २०७३ सालबाट सुरु भइ सत्य,तथ्य र निष्पक्ष समाचार प्रकाशन गर्न धनकुटा खबर प्रतिबद्द छ ।)

More Posts - Website

Follow Me:Add me on XAdd me on FacebookAdd me on Instagram



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।