खोटाङबाट ओखलढुंगा तर्फ आउँदै गरेको मोटरसाइकल दुर्घटनामा परेर एक युवकको मृत्यु
ओखलढुंगा । खोटाङबाट ओखलढुंगा तर्फ आउँदै गरेको मोटरसाइकल दुर्घटनामा परेर ओखलढुंगाका एक युवकको ज्यान गएको छ।
दुर्घटनामा मानेभञ्ज्याङ गाउँपालिका–३, उँबु निवासी करिब ३७ वर्षीय मोतिराज राईको मृत्यु भएको हो।
पारिवारिक स्रोतका अनुसार राई आइतबार बिहान घरबाट खोटाङ जिल्लाको हलेसी तुवाचुङ नगरपालिका–१ अन्तर्गत कदुवा भन्ने स्थानमा काठ काट्न गएका थिए।
उनी सवार बा.प्र.०२–०२९ प.९७२७ नम्बरको १५० सीसी पल्सर मोटरसाइकल मध्यपहाडी लोकमार्गअन्तर्गत खोटाङको दौत्यखोला नजिक कदुवा क्षेत्रमा सडकबाट करिब एक सय मिटर तल खसेको प्रहरीले जनाएको छ।

