‘अमर नेम्वाङ लिम्बु स्मृति’ सम्मान कवि देवेन्द्र शक्तेन, निबन्धकार सापकोटा र याक्थुङ्बालाई

पांचथर । यस वर्षका लागि ‘अमर नेम्वाङ लिम्बु स्मृति साहित्य सम्मान तथा पुरस्कार’ कवि देवेन्द्र शक्तेन राई, निबन्धकार दीपक सापकोटा र साहित्यकार मलिशा याक्थुङ्बा लिम्बुलाई प्रदान गरिने भएको छ ।

नेम्वाङ परिवारका सदस्यहरूले स्थापना गरेको अमर नेम्वाङ लिम्बु स्मृति प्रतिष्ठानले माघ २६ गते स्व. अमर नेम्वाङको सातौँ स्मृति दिवसका अवसरमा फिदिममा आयोजना हुने कार्यक्रममा संयुक्त रूपमा सम्मान प्रदान गर्ने निर्णय भएको जानकारी दिएको छ ।

तीसको दशकका कवि देवेन्द्र शक्तेन राई पाँचथरको चिम्फूला निवासी हुन् । उनको ‘दन्त्य कथाको देश’ कविता सङ्ग्रह प्रकाशित छन्। उनी निबन्ध लेखनमा पनि सक्रिय छन् ।

निबन्धकार दीपक सापकोटाका ‘लोकेसन’ निबन्ध सङ्ग्रह र ‘निर्बन्ध मोन्टाज’ प्रकाशित छन् । पाण्डुलिपि मासिकका पूर्व सम्पादक सापकोटा हाल कान्तिपुर दैनिकको ‘कोसेली’ साहित्य परिशिष्टका संयोजक हुन् ।

याक्थुङ भाषामा कलम चलाउँदै आएका लिम्बु वरिष्ठ साहित्यकार हुन् । उनका दर्जनौँ कृति प्रकाशित छन् ।

यसै अवसरमा जेहेन्दार विद्यार्थी छात्रवृत्तितर्फ फाल्गुनन्द गाउँपालिकाका तीन विद्यालयका विद्यार्थी छनोट गरिएको छ। छात्रवृत्ति प्राप्त गर्नेमा श्री सारताप मनरत्न माध्यमिक विद्यालय, सरताप (फाल्गुनन्द–३) का कक्षा ८ मा अध्ययनरत सोनी नेम्बाङ, श्री कृष्ण माध्यमिक विद्यालय, चिलिङदिन (फाल्गुनन्द–४) का कक्षा ९ का अन्जन चेम्जोङ तथा श्री जलसिंह माध्यमिक विद्यालय, चिम्फूला (फाल्गुनन्द–३) का कक्षा ८ का विद्यार्थी खाम्बेकहाङ चेम्जोङ रहेका छन् ।

फाल्गुनन्द गाउँपालिकाका तत्कालीन अध्यक्षसमेत रहेका स्व. अमर नेम्वाङको २०७६ साल माघ २६ गते एक कार्यक्रममा सम्बोधन गरेलगत्तै निधन भएको थियो । उनको स्मृतिमा स्थापना गरिएको प्रतिष्ठानले साहित्य, शिक्षा र सामाजिक सेवाका क्षेत्रमा निरन्तर योगदान पुर्‍याउँदै आएको छ ।

धनकुटा खबर

धनकुटा खबर

( धनकुटा खबर डटकम धनकुटा जिल्लाकै पहिलो अनलाइन मिडिया हो । बिसं २०७३ सालबाट सुरु भइ सत्य,तथ्य र निष्पक्ष समाचार प्रकाशन गर्न धनकुटा खबर प्रतिबद्द छ ।)

More Posts - Website

Follow Me:Add me on XAdd me on FacebookAdd me on Instagram



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।