ओखलढुंगामा हत्या गरिएका राई दम्पत्तिको एक हप्तापछि दाहसंस्कार, हत्यारा पत्ता लागेन

ओखलढुंगा । ओखलढुंगाको चिशंखुगढी गाउँपालिका–६ भदौरेस्थित बोहोरे टोलमा लुटपाटपछि विभत्स हत्या गरिएका वृद्ध दम्पत्ति चन्द्र विक्रम राई र उनकी श्रीमती चन्द्रमाया राईको एक हप्तापछि अन्तिम संस्कार गरिएको छ ।

घटनाबारे थप अनुसन्धान जारी रहेकै अवस्थामा पोस्टमार्टम तथा कानुनी प्रक्रिया पूरा गरी सोमबार दाहसंस्कार गरिएको हो । परिवारले हत्यारा पक्राउ नपरेसम्म शव नबुझ्ने अडान लिएको भए पनि, पोस्टमार्टमपछि लामो समय शव राख्न नमिल्ने कानुनी व्यवस्थाका कारण अस्पताल र परिवारबीचको सहमतिमा अन्त्येष्टि गरिएको वडा अध्यक्ष बलराम कटवालले जानकारी दिए ।

घटनापछि भदौरे क्षेत्रमा सुरक्षा सतर्कता बढाइएको छ । जिल्ला प्रहरी कार्यालय ओखलढुंगाका प्रमुख प्रहरी नायव उपरीक्षक मदन केसीले घटनाको गहिरो अनुसन्धान भइरहेको बताउँदै विभिन्न कोणबाट अनुसन्धान अघि बढाइएको जानकारी दिए ।

धनकुटा खबर

धनकुटा खबर

( धनकुटा खबर डटकम धनकुटा जिल्लाकै पहिलो अनलाइन मिडिया हो । बिसं २०७३ सालबाट सुरु भइ सत्य,तथ्य र निष्पक्ष समाचार प्रकाशन गर्न धनकुटा खबर प्रतिबद्द छ ।)

More Posts - Website

Follow Me:Add me on XAdd me on FacebookAdd me on Instagram



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।