एमालेका युवा नेता मैनालीले एमाले पार्टी परित्याग गर्दै रास्वपामा गरे प्रवेश
झापा । नेकपा एमालेका युवा नेता तथा बिर्तामोडका चीरपरिचित व्यक्तित्व अर्जुन मैनालीले एमाले पार्टी परित्याग गर्दै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मा प्रवेश गरेका छन्।
मैनालीले आज सामाजिक सञ्जालमार्फत काठमाडौं महानगरपालिकाका मेयर बालेन शाह तथा स्थानीय रास्वपा नेताहरूसँगको फोटो सार्वजनिक गर्दै एमाले परित्याग गरेको घोषणा गरेका हुन्।
उनले सार्वजनिक गरेको वक्तव्यमा आज २०८२ साल १० महिना २० गतेदेखि नेकपा एमाले परित्याग गरेको स्पष्ट उल्लेख गरेका छन्। एमालेमा रहँदा सहयोग गर्ने आदरणीय नेतागण, सहयात्री साथीहरू तथा शुभचिन्तकहरूप्रति आभार व्यक्त गर्दै आजकै मितिदेखि आफू रास्वपा पार्टीमा आबद्ध भएको जानकारी गराएका छन्।


