धनकुटामा माघ २७ देखि २९ गतेसम्म महिलाहरुको पाठेघरको मुखको क्यान्सरविरुद्धको (एचपिभी) खोप अभियान सञ्चालन हुने
धनकुटा । धनकुटामा आगामी माघ २७ देखि २९ गतेसम्म महिलाहरुको पाठेघरको मुखको क्यान्सरविरुद्धको (एचपिभी) खोप अभियान सञ्चालन हुने भएको छ ।
यस वर्ष धनकुटा जिल्लाभरिका १ हजार २ सय ८५ लक्षित बालिकाहरूलाई खोप दिने लक्ष्य राखिएको छ।
अभियान अन्तर्गत कक्षा ६ मा अध्ययनरत सबै छात्रा र विद्यालय बाहिर रहेका १० वर्षका किशोरीहरूलाई खोप लगाइनेछ।
साथै, गत वर्ष खोप लगाउन छुटेका कक्षा ७ देखि १० सम्म अध्ययनरत छात्राहरू र विद्यालय बाहिरका ११ देखि १४ वर्षका किशोरीहरूलाई पनि यो खोप दिइने स्वास्थ्य कार्यालय धनकुटाले जनाएको छ।


