ओखलढुंगामा एमाले उम्मेदवार अस्मितालाई समर्थन गर्दै नेकपा केन्द्रीय सदस्य सिताराम गुरुङले पार्टी छाडे

काठमाडौं, २० माघ । । नेपाली कम्युनिस्ट पार्टीका केन्द्रीय सदस्य सिताराम गुरुङले ओखलढुंगामा नेकपा एमालेका उम्मेदवार अस्मिता थापालाई समर्थन जनाउँदै केन्द्रीय सदस्य पदबाट राजिनामा दिएका छन् ।

नेकपाबाट ओखलढुंगाको उम्मेदवार बनाइएका अम्बिरबाबु गुरुङलाई सहयोग गर्न नसक्ने भन्दै उनले पार्टी छाडेको घोषणा गरेका हुन् । रुम्जाटार गाविसका पूर्व अध्यक्ष समेत रहेका गुरुङ अम्बिरबाबु समूहसँग कुरा नमिलेर नेकपामा प्रवेश गरेका थिए ।

नेकपा केन्द्रीय सदस्यको सपथ लिएर जिल्लाको जिम्मेवारीमा गएका गुरुङले अन्तिममा अम्बिरले नै एमाले छाडेर टिकट पाएपछि असहमति जनाएका हुन् । जुन प्रवृतिविरुद्ध लड्न नसकेर एमाले छाडे उसैले टिकट पाएपछि आफू नेकपामा बस्न नसकेको भनाइ छ ।

उनले संकटको घडीमा ओखलढुंगा जिल्ला र मुलुकलाई अघि बढाउन एमाले आवश्यक रहेको भन्दै एमालेमा समाहित भएर आजबाटै क्रियाशील भएको घोषणा समेत गरेका छन् । सितारामले एमाले उम्मेदवार अस्मिता थापालाई जिताउन आफू क्रियाशील हुने घोषणा वक्तव्यमा गरेका छन् ।

अम्बिरबाबु र सिताराम एकै वडाका हुन् । ओखलढुंगामा अम्बिरबाबु र जिबी खड्कको टिम एमाले छाडेपछि विगतमा एमाले छाडेका निष्क्रिय बसेको नेता कार्यकर्ता भने पार्टीमा फर्केर चुनावी अभियानमा लाग्ने क्रम बढेको छ ।

धनकुटा खबर

धनकुटा खबर

( धनकुटा खबर डटकम धनकुटा जिल्लाकै पहिलो अनलाइन मिडिया हो । बिसं २०७३ सालबाट सुरु भइ सत्य,तथ्य र निष्पक्ष समाचार प्रकाशन गर्न धनकुटा खबर प्रतिबद्द छ ।)

More Posts - Website

Follow Me:Add me on XAdd me on FacebookAdd me on Instagram



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।